लघुकथा- ममत्व

0
415

 

fb_img_1481541069703

ईशा शाह-

मेरो दिमागमा छोरीलाई सुत्केरी पाल्न माईत ल्याउनु पर्ने कुराले थोरै घर गरेको थियो । सानीले बच्चीको च्याँईंच्याँईंले गर्दा कोठामा बस्न नदिने कुरा निश्चित प्राय: नै थियो । सानो हुँदा त दुईजनालाई एउटा कोठामा राख्नलाई मैले ठूलै संघर्ष गर्नु परेको थियो । उबेलाको धेरै कुरा र गुनासाहरुको सम्झना मलाई अझै छँदैछ । अहिले त ऊ एक्लै भएर सिंगो कोठामा राज गरेको धेरै भैसक्यो । भनेपछि ….. ! म यस्तै सोच्दै थिएँ । कसैले मेरो कुममा हात राख्यो । म झस्किएँ ,

Advertisements

” के सोचिरहनु भएको हजुर ? ” मैले हात समातेर श्रीमती हो भनेर चिनीसक्दा नसक्दै उसले सोधी ।
” केही होईन । ” मैले भनें ।
” किन नहुनु ? ”
” होईन त्यस्तो केही होईन । ”
” केही त हो , भन्नुहोस् बरु मलाई भन्न हुने कुरा हो कि होईन ? ” श्रीमतीले मेरो अगाडी टुक्रुक्क बसेर मेरो अनुहार हेर्दै सोधी ।
” है उठ , के गरेकी यो ? ” भन्दै मैले उसलाई समातेर उठाएर आफूसँगै राख्दै भनें , ” के गरेकी यो ? ”
” अनि हजुर नि ? ”
” लौ मलाई पो भनेकोछ । ”
” यसरी एकान्तमा बसेर केके सोचिरहँदा मलाई गाह्रो हुन्छ भनेर मैले हजुरलाई कतिचोटी भनें भन्नुहोस् त ? हामी जवर्जस्ती लादिएका सम्बन्ध ….. । ”
” तिमीलाई यो भूतले कहिले छोडेन हगि ? सत्ते मैले कहिले यस्तो कुरा सोचिनँ र पनि तिमीले हाम्रो सम्बन्धलाई कोसीरह्यौ कहिले त लाग्छ मैले चित्त बुझाउन सकिनँ । ”
” त्यस्तो होईन । ”
” कस्तो हो त ? ”
” हामी झगडा गर्ने हो आज ? ”
” होईन , झगडा त भूरा केटाकेटी हुँदा गरेको थिएँ हुँला त्यसपछि त कहिले कसैसँग गरे जस्तो लागेन । नपत्याए आमासँग सोध । ”
” अँ आमाले त उपद्रयाहा थियो , त्यसको कुरा नगर भन्नु भयो । ”
” …… । ” म हाँसे मात्रै केही बोलिनँ ।
” किन हाँसेको हजुर ? ”
” तिम्रो कुरा सुनेर । ”
” मैले त्यस्तो हाँस्न पर्ने के कुरा गरें र ? ”
” आमाले म के थिएँ भन्नु भयो रे ? ”
” भो भन्दिनँ । ”
” तिमीले नभने म भन्छु , म उपद्रयाहा नभई दिएको भए अहिले यो अवस्थामा हामी कहाँ हुनेथ्यौं र ? बुवाले मलाई पिट्दा आमा कति रुनु भएको थियो । तर म सही थिएँ त्यसैको परिणाम बुवा मसँग हुनुहुन्छ । ” मैले मेरो नमिठो अतित सम्झिदै भनें ।
” ए भनेपछि त्यत्रो ईख ? ”
” बेस्सरी दुख्यो होला हगि कांईलो ? कि बिर्सिस् भनेर उहाँले हामी दुईजना मात्रै हुँदा मलाई धेरैचोटी सोध्नु भयो , उहाँसँग बिर्से भनें पनि अझै दुख्दैछ नपत्याए हेर त मेरो ढाडमा कतै निलडामहरु अझैं बाँकी छ कि ! ” भन्दै म बर्रर रोएँ ।
” लौ के भएको हजुर ? ” भन्दै श्रीमतीले मलाई चपक्क आफ्नो छातीमा टाँसी ।
म उसको छातीमा आमाको ममत्व खोज्न थालें ।

LEAVE A REPLY