रेखाको `ईश्क´ छवी, छविलाल हुंदै गौमातासम्म !

0
274

मंसिर २७, २०७३- अभिनेत्री रेखा थापा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् ।

Advertisements

 

सोमबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष थापाले टीका लगाएर अभिनेत्री रेखालाई पार्टी प्रवेश गराएका हुन् ।

उनीसँगै उनकी आमा सरस्वती थापा पनि राप्रपा प्रवेश गरेकी छन् । पार्टी प्रवेशसँगै कमल थापाले दुवैलाई स्वागत गरेका थिए । आफूले चार वर्षदेखि विभिन्न राजनीतिक पार्टीको अध्ययन गरिरहेको र राप्रपासँग भावना मिलेकाले पार्टी प्रवेश गरेको नायिका थापाले बताइन्

राजनीतिक हिसाबले पहिलो र अन्तिम घर नै राप्रपा भएको बताउने थापाले अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता नलिएको खुलासा पनि गरिन् ।’म हिन्दू नारी हुँ, राष्ट्रवादी केटी भएकाले आफ्नो विचार राप्रपासँग मेल खाएकाले लागेकी हुँ, निकै ‘एक्साइटेड’ र हर्षित छु,’  उनले भनिन् ।

आफूले खेलेको नेपाली चलचित्र दुर्गा, काली र चम्पाजस्ताको भूमिकाले आफ्नो सिद्धान्त र स्वभावलाई पुष्टि गर्ने उनको भनाइ थियो । रेखा २०७० साल जेठ ४ गते एमाले नेतृ उर्मिला अर्यालसहित तत्कालिन एमाओवादी (हाल: माओवादी केन्द्र) मा प्रवेश गरेकी थिइन् । कार्यक्रम सञ्चालन कोमल वलीले गरेकी थिइन् ।  यसअघि चर्चित गायिका वली राप्रपामा प्रवेश गरेकी थिइन् ।

LEAVE A REPLY