९ अर्वबरावरको बिद्धुत चोरी, प्रशासन के हेर्दैछ?

0
260

काठमाडौंः विद्युत् प्राधिकरणले चुहावट नियन्त्रण अभियान सुरु गरेको दुई महिनामा करिब तीन प्रतिशत नियन्त्रण गरे पनि अझै एक अर्ब आठ करोड युनिट बिजुली गायब भएको छ । औसत बिक्री मूल्यका हिसाबले यो चुहावटबाट प्राधिकरणलाई ठाडै नौ अर्ब ३० करोड रुपैयाँ (प्राधिकरणको वार्षिक घाटाभन्दा बढी) नोक्सान परेको छ ।fb_img_1480662334578

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले सोमबार तयार पारेको आँकडाअनुसार जडित क्षमताका आधारमा प्रणालीमा हाल स्वदेशका निजी क्षेत्रले उत्पादन गरिरहेको दुई सय एक मेगावाट बराबरको बिजुली चुहावट भएको छ । यति बिजुली उत्पादन गर्ने आयोजना निर्माण गर्न अहिलेको मूल्यमा ३० अर्ब रुपैयाँ लाग्छ ।

Advertisements

लुकाइएको बिजुली सर्वसाधारणलाई वितरण गरेर देशलाई लोडसेडिङमुक्त प्रायः बनाएको प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । प्राधिकरणले तीन महिनाको अवधिमा वितरणतर्पmको कुल विद्युत् चुहावटमा २.०८ प्रतिशतले घटाउन सफल भएको ऊर्जा सचिव अनुपकुमार उपाध्यायले बताए । प्राधिकरणको प्रणालीमा एक प्रतिशत चुहावट नियन्त्रण गर्नु भनेको चार करोड ६५ लाख युनिट बिजुली जोगाउनु हो ।

यसअनुसार गत असोज र कात्तिकमा प्राधिकरणले साढे नौ करोड युनिटभन्दा बढी बिजुली चोरी नियन्त्रण गरेको छ । प्राधिकरणको औसत बिक्री मूल्य प्रतियुनिट ८ रुपैयाँ ६० पैसाका हिसाबले ८३ करोड रुपैयाँभन्दा बढी राजस्व असुल भएको छ ।

गत वर्षको आँकडाअनुसार प्राधिकरणको कुल विद्युत् चुहावट २५.७८ प्रतिशत छ । यसमध्ये वितरण लाइनमा चुहावट १९.८, प्रसारण लाइनमा ४.८२ र उत्पादनमा चुहावट १.१६ प्रतिशत छ । प्राधिकरणको वितरण तथा ग्राहकसेवा निर्देशनालयका अनुसार यस वर्ष ४.२७ प्रतिशतले चुहावट नियन्त्रण गर्ने लक्ष्य छ । प्राधिकरणको यो लक्ष्य पूरा भएमा एक अर्ब ९४ करोड रुपैयाँ थप राजस्व उठ्नेछ । चार प्रतिशत चुहावट नियन्त्रण गर्दा पनि दैनिक लोडसेडिङमा एक घन्टाका दरले कमी आउनेछ ।

गत वर्ष प्राधिकरणको प्रणालीमा ९१ करोड युनिटभन्दा बढी बिजुली चुहावट भएको थियो । यसबाट प्राधिकरणलाई सात अर्ब ९० करोड रुपैयाँ घाटा परेको थियो । गत वर्ष प्राधिकरणले तीन अर्ब ७२ करोड युनिट बिजुली बेचेको थियो, जब कि उसको प्रणालीमा चार अर्ब ६४ करोड बिजुली उपलब्ध थियो ।

निर्देशनालयका अनुसार प्राधिकरणका कुल आठवटा क्षेत्रीय कार्यालयमध्ये सबैभन्दा बढी बिजुली चुहावट जनकपुरमा छ । गत वर्ष जनकपुरमा ४७ प्रतिशत चुहावट रहेकोमा नियन्त्रण अभियान सञ्चालन गरेपछि ४२ प्रतिशतमा झरेको छ भने यस वर्ष ३० प्रतिशतमा सीमित गर्ने लक्ष्य छ ।

क्षेत्रीय कार्यालयअन्तर्गत दोस्रो ठूलो बढी चुहावट हुने विराटनगर देखिएको छ । औद्योगिक नगरी विराटगरमा गत वर्ष २० प्रतिशत चुहावट थियो भने यस वर्षको कात्तिकसम्ममा दुई प्रतिशत नियन्त्रण भएको र त्यहाँ चार प्रतिशत घटाउने लक्ष्य छ ।

खासै उद्योग नभएको अत्तरिया क्षेत्र चुहावटका हिसाबले तेस्रो पंक्तिमा रहेको प्राधिकरणले जनाएको छ । गत वर्ष १९.५५ प्रतिशत चुहावट रहेको अत्तरियामा दुई महिनाको अवधिमा १३ प्रतिशतमा झारिएको छ भने यो वर्ष १६ प्रतिशतमा सीमित गर्ने लक्ष्य छ । त्यसैगरी नेपालगन्जमा गत वर्ष १९ प्रतिशत चुहावट थियो भने अभियान सुरु भएपछि १७.५७ प्रतिशतमा झरेको खवर हामीले अन्नपूर्ण पोष्टवाट लिएका हौं।

LEAVE A REPLY