नेपाली फुटबल इतिहासको ठूलो दुर्घटना, १० करोडसम्म क्षतिपूर्ति माग्ने तयारीमा थ्रीस्टार

0
309

मंसिर २८, २०७३- नेपाली फुटबल मात्र होइन, पूरा नेपाली खेलकुदकै लागि, त्यति मात्र होइन, पूरा देशकै लागि यो नयाँ नजिर बस्नेछ । download

नेपाली फुटबलमा सर्वाधिक लोकप्रिय क्लब थ्री स्टार क्षतिपूर्तिका रूपमा यो खेलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) सँगै करोडौं रुपैयाँ क्षतिपूर्ति माग्ने पक्षमा पुगेको छ । एसियाको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता एएफसी कप २०१६ को छनोट प्ले–अफ खेल्नबाट वञ्चित भएपछि थ्री स्टार यो संघारमा पुगेको हो ।

Advertisements

पूरा घटनाक्रम यसरी सुरु हुन्छ । राष्ट्रिय लिग विजेताका रूपमा थ्री स्टारले एएफसीकपको प्रारम्भिक छनोट खेलेको थियो । मंगोलियामा भएको त्यस छनोटमा पहिलो भएपछि थ्री स्टारले प्ले अफ खेल्न पाएको थियो । त्यसमा विजयी भएको भए, थ्री स्टार सिधै प्रतियोगितामा मुल ‘ड्र’ मा प्रवेश गर्ने थियो । यस्तो स्थितिमा नेपाली क्लब सामु अर्को वर्षदेखि छनोट नखेलेर सिधै प्रतियोगिता खेल्ने अवसर हुन्थ्यो । अझ सके, नेपालका तर्फबाट दुई क्लबसम्म पनि प्रतिनिधित्व गर्न पाउँथ्यो । download-2

एसियाली क्लब फुटबलमा नेपालको सहभागिता शून्य भइरहेको स्थितिमा यो आफैमा ठूलो उपलब्धी हुने थियो । मुल प्रतियोगितामा राम्रो खेलेको भए, लाखौं डलर पुरस्कार रकममा जित्ने अवसर पनि थियो । तर एएफसीले थ्री स्टारलाई प्रतियोगिता प्ले अफ खेल्ने टिमको सूचीमै राखेन । यसको एउटै कारण थियो, एन्फाले समयमै थ्री स्टारको नाम नै पठाएन । समय सीमा बढाएर अवसर दिंदा पनि थ्री स्टारको आवश्यक ‘डकुमेन्ट्स’ नै पठाएन ।

एएफसीले इमेलको माध्यमबाट धेरैपल्ट सोधपुछ गर्दा पनि एन्फाले कुनै प्रतिक्रिया पनि दिएन् । एएफसीको नियम नै छ, आफ्ना प्रतियोगिताबारे उसले सिधै क्लबसँग कहिलै पनि सम्बन्ध राख्दैन । जति पनि काम छन्, सिधै देशको फुटबल संघ (एफए) सँग गर्ने हो । त्यसैले थ्री स्टारले यस विषयमा लामो समयदेखि एन्फासँग ताकेता पनि गरिरहेका हो । तर पनि एन्फा नराम्रोसँग चुक्यो र अहिलेको गम्भीर स्थिति आएको हो ।

नेपाली फुटबल पण्डितहरूले पूरा घटनाक्रमलाई यस खेल इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटनामध्ये एक मानेको छ । खेल मिलोमतोमा खेलाडी आजीवन तथा प्रशिक्षक प्रतिबन्धमा परेको र आर्थिक अनियमिताको आरोपमा एन्फाका तात्कालीन अध्यक्ष गणेश थापामाथि लामो समयका प्रतिबन्ध परेयता यो नयाँ काण्ड थपिएको हो । थ्री स्टारले प्रतियोगिताको प्ले खेल्न नपाउनुको अर्थ नेपाली क्लब फुटबल लामो समय पछाडि पर्नु हो ।

यी सबै परिस्थितिबीच थ्री स्टारले एन्फासँग करोडौं रुपैयाँ क्षतिपूर्ति माग्न लागेको हो । थ्री स्टार स्रोतका अनुसार क्लवले यस विषयमा सम्बन्धित विशेषज्ञसँग गृहकार्य गरेको छ र क्षतिपूर्तिको रकम पाँचदेखि दस करोड रुपैयाँसम्म माग्ने सोच बनाएको छ । थ्री स्टारले पहिलो चरणको छनोट खेल्न मात्र ६० लाख रुपैंया खर्च गरेको थियो । यसै प्रतियोगिताका लागि भनेर घरेलु फुटबल नहुँदा पनि पूरा टिमलाई पारिश्रमिक दिएर राखेको थियो ।

यस्तै थ्री स्टारले राष्ट्रिय लिग जित्दा पनि एक करोड रुपैंयाको हाराहारीमा खर्च गरेको थियो । यस्तै क्षतिपूर्तिमा थ्री स्टारले गुमाएको अवसर, प्रतियोगिता खेलेर जित्न सक्ने पुरस्कार रकम, समर्थकको भावनामा पुगेको चोट, अनि क्लवका प्रायोजक पछाडि हट्न सक्ने सबै खाले सम्भावना पनि जोडिएको छ । यस्तै थ्री स्टारले यी सबै घटनाक्रममा दोषी रहेका सबैलाई कारवाहीको पनि माग राख्ने भएको छ । यो माग एन्फाका नेतृत्व तहको राजीनामासम्म पनि हुन सक्छ ।

पूरा घटनालाई लिएर एन्फा आफैले पनि छानविनका लागि आयोग गठन गरेको छ । यसबारे थ्री स्टारलाई दिएको जानकारीमा एन्फाले आफ्नो सचिवालयको तर्फबाट गम्भीर भुल भएको स्विकारेको छ । एन्फाको हालै बसेको केन्द्रीय कमिटीको बैठकमा पनि विशेषत: महासचिव धीरेन्द्र प्रधानको राजीनामा मागिएको थियो । एएफसीले गरेका प्रत्येक पत्राचारमा पूर्वराष्ट्रिय खेलाडी प्रधानलाई नै सम्बोधन गरिएको छ । थ्री स्टारले चाल्ने यी सबै कदमले नेपाली फुटबलमा होइन, यससँग झिनो चासो राख्नेबीच पनि ठूलो सनसनी मच्चाउने तय भएको खवर हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।

LEAVE A REPLY