च्याम्पियन्स लिग ड्रः रियलले नापोली र बार्सिलोनाले पीएसजीसँग खेल्ने

0
288

२७ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा रियल मड्रिडले नापोली प्रतिद्वन्द्वी पाएको छ ।

Advertisements

अन्तिम १६ का लागि सोमबार भएको ड्रमा साविकको विजेताले इटालियन प्रतिद्वन्द्वी पाएको हो ।

बार्सिलोनाले पेरिस सेन्ट जर्मेनसँग खेल्ने भएको छ । सन् २०१४-१५ को क्वार्टरफाइनलमा बार्सिलोनाले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनलाई नै हराएको थियो ।

यस्तै इंग्लिस क्लब म्यानचेष्टर सिटीले मोनाको, आर्सनलले बार्यन म्युनिख र लिसेस्टरले सेभिल्ला प्रतिद्वन्द्वी पाएको छ ।

युभेन्टसले पार्टो, बोरुसिया डर्टमुन्डले बेन्फिका र एल्भेटिको मड्रिडले बार्यन लिभरकुसनसँग अन्तिम १६ मा खेल्ने भएका छन् ।

LEAVE A REPLY