राजनीतिक गतिरोध अन्त्य गर्ने बारे प्रधानमन्त्रीद्वारा शीर्ष नेतासँग छलफल

0
295

काठमाडौं, मंसिर २८ – प्रमुख दलका शीर्ष नेताबिच पछिल्लो राजनीतिक गतिरोध अन्त्यका बारेमा छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा भएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो ।

Advertisements

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीलाई संसद बैठक अवरुद्ध नगर्न आग्रह गर्नुभएको छ । उहाँले संसद बैठकको अवरोध हटाएर निर्वाचन सम्बन्धी विधेयक पास गराउन सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो ।

यस्तै प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि आफूलाई लागेको राष्ट्रघातीको आरोपको खण्डन पनि गर्नुभएको छ । उहाँले ओलीलाई संशोधन प्रस्ताव कसरी राष्ट्रघाती भयो भनेर प्रश्न पनि गर्नुभएको छ ।

LEAVE A REPLY