नेपालगञ्जमा दुई युवा समूूहबीच झडप, एकको मृत्यु, आठ राउन्ड हवाइ फायर

0
287

नेपालगञ्ज, २८ मंसिर
बाँकेको मटेहिया ४ भगवानपुरमा स्थानीय युवाहरुबीच सोमबार साँझ भएको झडपमा एक युवकको मृत्यु भएको छ भने कम्तिमा १० घाइते भएका छन् । सो घटनालाई लिएर सो ठाउँ तनावग्रस्त बनेको छ ।

Advertisements

मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको १४९१ औं जन्मोत्सवका अवसरमा निकालिएको यालीमा झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर गरेको थियो ।

सो घटनामा मटेहिया–४ र ५ का ओमकार मौर्या, बजरंगी गोडिया, खैया यादव, त्रिचन्द्र यादव, सवलाप्रसाद यादव, दिनेश गुप्तालगायत घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि नेपालगन्ज ल्याइएको छ ।

LEAVE A REPLY