एजेन्सी बेइजिङ, २७ मंसिर नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा चीनसँगको सम्बन्ध सुधार गर्ने पक्षमा रहेको बताएको भोलिपल्ट आइतबार फेरि उनको विवादास्पद भनाइ सार्वजनिक भयो ।‘मलाई एक चीन नीतिको बारेमा थाहा छ, ताइवान चीनको एक हिस्सा हो भनेर भविष्यमा पनि भनिरहनुपर्ने हामी कुनै बाध्यतामा बाँधिएका छैनौं,’ आइतबार फक्स न्युजसँगको अन्तरवार्ताका क्रममा भनेका थिए । उनको यो भनाइसँगै अमेरिकाको चीन नीतिप्रति बेइजिङ सशंकित भएको छ । उसले चीन र अमेरिकाबीचको चार दशक लामो कूटनीतिक सम्बन्धमा धक्का पुग्ने चेतावनीसमेत दिएको छ । उता, चिनियाँ सञ्चार माध्यमले ट्रम्पको विरोध गरेका छन् । la-trump-diplomacy-20161211 ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा भनेको छ, ‘ट्रम्प विदेश नीतिका बारेमा एउटा बच्चाजस्तै कच्चा खेलाडी हुन् ।’ उनको यो भनाइले चीन–अमेरिका सम्बन्धलाई तोड्न सक्ने भन्दै एक चीन नीति बार्गेनिङका लागि प्रयोग हुन सक्दै भन्ने शीर्षकको सम्पादकीयमा अगाडि लेखेको छ, ‘ध्यान दिएर सुन एक चीन नीतिमा कुनै व्यापार हुँदैन ।’ ट्रम्पले ताइवानका राष्ट्रपति टासी इङ वेनसँग केही दिनअगाडि मात्र टेलिफोनमा कुरा गरेका थिए । सन् १९७९ मा बेइजिङसँगको सम्बन्ध स्थापनासँगै ताइवानका नेतासँग भएको यो पहिलो प्रत्यक्ष कुराकानी भएको लस एन्जल्स टाइम्सले लेखेको छ । ट्रम्पको यो भनाइसँगै चीनले आफ्नो सार्वभौम टापुमाथि कसैको पनि हस्तक्षेप स्वीकार नगर्ने प्रतिक्रिया दिएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ताले ट्रम्पको उक्त अभिव्यक्तिप्रति चीन सरकारको गम्भीर चासो रहेको बताएका छन् । उनले एक चीन नीति चीनसँगको कूटनीतिक सम्बन्धको केन्द्र भएको भन्दै यस्तो बताएका हुन् । सन् १९४९ मा भएको गृहयुद्धपछि ताइवानले छुट्टै राज्य भएको घोषणा गरेको थियो । तर, चीनले भने ताइवान आफ्नो प्रान्त भन्दै आएको छ । सन् १९७९ मा अमेरिकाले राष्ट्रपति जिम्मी कार्टरको पहलमा अमेरिकाको एक चीन नीतिमा सर्मथन गर्दै बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गरी ताइवानसँगको सम्बन्ध तोडेको थियो । रेनमिङ विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्टरनेसनल अफेर्यसका निर्देशक प्राध्यापक वाङ यीले ट्रम्पको अभिव्यक्तिहरू चीनका लागि अप्रत्यक्ष चेतावनी भएको बताएको टाइम्सले जनाएको छ । ‘मलाई लाग्दैन ट्रम्पले ताइवानलाई मान्यता दिन्छन्, हुन सक्छ उनी चीनसँग व्यापार र आर्थिक सम्बन्धका लागि बार्गेनिङ गरिहेका छन्, मलाई लाग्छ यो उनको कूटनीतिक चाल हो,’ टाइम्ससँग वाङले भनेका छन् । सांघाई एकेडेमी अफ सोसल साइन्सअन्तर्गतको ताइवान अध्ययन केन्द्रका डिन सियाङ जिउयानले ट्रम्पको यो अभिव्यक्तिले चीन अमेरिकी सम्बन्धमा गहिरो प्रभाव पार्ने बताएको टाइम्सले लेखेको छ । उनले भने, ‘ट्रम्पले एउटा नाजुक सम्बन्धसँग व्यापारीले जस्तै कुरा गरिरहेका छन् । यसले चीन र ताइवानबीच द्वन्द्व बढाउन सक्छ । यसको जिम्मेवारी ट्रम्पले लिनुपर्छ ।’

0
299

एजेन्सी
बेइजिङ, २७ मंसिर
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा चीनसँगको सम्बन्ध सुधार गर्ने पक्षमा रहेको बताएको भोलिपल्ट आइतबार फेरि उनको विवादास्पद भनाइ सार्वजनिक भयो ।‘मलाई एक चीन नीतिको बारेमा थाहा छ, ताइवान चीनको एक हिस्सा हो भनेर भविष्यमा पनि भनिरहनुपर्ने हामी कुनै बाध्यतामा बाँधिएका छैनौं,’ आइतबार फक्स न्युजसँगको अन्तरवार्ताका क्रममा भनेका थिए । उनको यो भनाइसँगै अमेरिकाको चीन नीतिप्रति बेइजिङ सशंकित भएको छ । उसले चीन र अमेरिकाबीचको चार दशक लामो कूटनीतिक सम्बन्धमा धक्का पुग्ने चेतावनीसमेत दिएको छ । उता, चिनियाँ सञ्चार माध्यमले ट्रम्पको विरोध गरेका छन् ।

Advertisements

trump
ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा भनेको छ, ‘ट्रम्प विदेश नीतिका बारेमा एउटा बच्चाजस्तै कच्चा खेलाडी हुन् ।’ उनको यो भनाइले चीन–अमेरिका सम्बन्धलाई तोड्न सक्ने भन्दै एक चीन नीति बार्गेनिङका लागि प्रयोग हुन सक्दै भन्ने शीर्षकको सम्पादकीयमा अगाडि लेखेको छ, ‘ध्यान दिएर सुन एक चीन नीतिमा कुनै व्यापार हुँदैन ।’

ट्रम्पले ताइवानका राष्ट्रपति टासी इङ वेनसँग केही दिनअगाडि मात्र टेलिफोनमा कुरा गरेका थिए । सन् १९७९ मा बेइजिङसँगको सम्बन्ध स्थापनासँगै ताइवानका नेतासँग भएको यो पहिलो प्रत्यक्ष कुराकानी भएको लस एन्जल्स टाइम्सले लेखेको छ ।

ट्रम्पको यो भनाइसँगै चीनले आफ्नो सार्वभौम टापुमाथि कसैको पनि हस्तक्षेप स्वीकार नगर्ने प्रतिक्रिया दिएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ताले ट्रम्पको उक्त अभिव्यक्तिप्रति चीन सरकारको गम्भीर चासो रहेको बताएका छन् । उनले एक चीन नीति चीनसँगको कूटनीतिक सम्बन्धको केन्द्र भएको भन्दै यस्तो बताएका हुन् ।

सन् १९४९ मा भएको गृहयुद्धपछि ताइवानले छुट्टै राज्य भएको घोषणा गरेको थियो । तर, चीनले भने ताइवान आफ्नो प्रान्त भन्दै आएको छ । सन् १९७९ मा अमेरिकाले राष्ट्रपति जिम्मी कार्टरको पहलमा अमेरिकाको एक चीन नीतिमा सर्मथन गर्दै बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गरी ताइवानसँगको सम्बन्ध तोडेको थियो ।

रेनमिङ विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्टरनेसनल अफेर्यसका निर्देशक प्राध्यापक वाङ यीले ट्रम्पको अभिव्यक्तिहरू चीनका लागि अप्रत्यक्ष चेतावनी भएको बताएको टाइम्सले जनाएको छ । ‘मलाई लाग्दैन ट्रम्पले ताइवानलाई मान्यता दिन्छन्, हुन सक्छ उनी चीनसँग व्यापार र आर्थिक सम्बन्धका लागि बार्गेनिङ गरिहेका छन्, मलाई लाग्छ यो उनको कूटनीतिक चाल हो,’ टाइम्ससँग वाङले भनेका छन् ।

सांघाई एकेडेमी अफ सोसल साइन्सअन्तर्गतको ताइवान अध्ययन केन्द्रका डिन सियाङ जिउयानले ट्रम्पको यो अभिव्यक्तिले चीन अमेरिकी सम्बन्धमा गहिरो प्रभाव पार्ने बताएको टाइम्सले लेखेको छ । उनले भने, ‘ट्रम्पले एउटा नाजुक सम्बन्धसँग व्यापारीले जस्तै कुरा गरिरहेका छन् । यसले चीन र ताइवानबीच द्वन्द्व बढाउन सक्छ । यसको जिम्मेवारी ट्रम्पले लिनुपर्छ ।’

LEAVE A REPLY