रेखाले माओवादी छाड्दा किन प्रचण्डसँग छलफल गरिनन् ?

0
324

rekha-kamal-650x364

काठमाडौं, २७ मंसिर । नायिका रेखा थापा आजबाट विधिवत रुपमा राप्रपामा प्रवेश गरेकी छन् ।

Advertisements

२०७० सालमा पुष्पकमल दाहाल प्रचण्डसँगै नाँचेर माओवादी पार्टी प्रवेश गरेकी रेखालाई आज तीन वर्षपछि अध्यक्ष कमल थापाले राप्रपामा भित्र्याएका हुन् । रेखा राप्रपामा प्रवेश गर्दैगर्दा उनले किन माओवादी छाडिन् भन्ने प्रश्न उब्जिएको छ ।

यसबारे रेखा एक अन्तर्वार्तामा भन्छिन्- ‘म अत्यन्तै स्वतन्त्र मान्छे हुँ मलाई कसैले शासन गरेको मनपर्दैन् । त्यो हिसाबले एउटा भ्रम हुन जान्छ कि ओ हो! माओवादी छाडेर । म कहिले पनि थिइन् ।

नयाँ शक्तिको रुपमा आउँदा माओवादीलाई ‘ट्राई’ गरेको र स्थान पनि दिएकै हो भन्दै रेखाले तर परिणाम हेर्दा आज देश २० वर्ष पछाडि धकेलिएको बताइन् । माओवादीकै कारण देश पछाडि परेको उनको निष्कर्ष छ ।

क्रान्तिकारी भन्ने शब्द माओवादीको मात्र होइन् भन्दै उनले धर्ममा विश्वास नगर्ने प्रचण्डलाई आफूले विश्वास गर्न नसकेको बताइन् । ‘जो व्यक्ति धर्मभन्दा पर त्यो मान्छेलाई कसरी विश्वास गर्न सकिन्छ,’ उनले भनिन्- ‘अनुशासन हो नि त धर्म भनेको । अनुशासनहीन मान्छेलाई तपाई अंगाल्न सक्नुहुन्छ ?’

राप्रपा नेपाल किन चुन्नुभयो भन्ने प्रश्नमा रेखाले भनिन् – ‘मैले चुनेको होइन् यो मेरो रगतमा मेरो नशा नशामा नै हिन्दूत्व छ । राष्ट्रवादी केटी हुँ ।’

रेखाले पार्टी छाड्ने विषयमा आफ्नो प्रचण्डसँग पनि कुरा नभएको बताएकी छिन् । ‘त्यो जरुरी भएन उहाँहरुसँग । म कुनै रुपले आवद्ध थिइन् । म अत्यन्तै स्वतन्त्र मान्छे हुँ मलाई कसैले शासन गरेको मन पर्दैन् ।’, रेखाले भनेकी छिन् -‘ दसैमा लगाउने जमरा, आफूभन्दा ठूलाबाट आर्शिवाद लिने कुरा, तिहारमा मखमली माला, सप्तरंगी टिकामा दाजुभाईसँग रमाउने रेखा थापा, साउनभरी हातभरी हरियो चुरा र मेहन्दी लगाएर रमाउने रेखा थापा, तीजमा रातो सारी लगाएका दिदीबहिनीहरुको बीचमा गएर नाच्ने रेखा थापा, यो चाडपर्वको जर्गेना, चाडपर्वप्रतिको आस्था, त्यो मोह यही पार्टीभित्र देखेँ । त्यसको सम्मान यही पार्टीभित्र पाएँ । त्यसकारण राप्रपामा आएँ ।’

LEAVE A REPLY