मध्यरातको सेक्स लफडाले ट्याक्सी चालक राजकुमारको मृत्यु भएको खुलासा

0
315

पक्राउ पर्नेमा कभ्रे छर्तीछापकी सरिता तामाङ (नाम परिवर्तन), सोलु काँकुकी संगीता राई, मागधन राई छन् । प्रहरीका अनुसार मदिराले मातिएका राजकुमार र सरिताबीच भनाभन हुँदा राजकुमार भुइँमा ढलेपछि संगीताका भाइ मागधनले इँटाले हानेर घाइते बनाएका थिए । घटना थाहाभएर पनि लुकाएको आरोपमा प्रहरीले संगीताको छोरा अरुण माझी र बुहारी दिया माझीलाई पक्राउ गरेको छ ।

Advertisements

घटना कसरी भयो ?
प्रहरी अनुसन्धान अनुसार राजकुमार शनिबार अपरान्ह प्रहरी बिट नयाँबस्ती अगाडि संगीताले सञ्चालन गरेको हेलम्बु रेष्टुरेन्टमा गएर मदिरा पिएका थिए ।

राजकुमारलाई मदिरा सरिताले दिएकी थिइन् । रेष्टुरेन्टमै चीनजान भएकी सरितालाई राजकुमारले साँझ ६ बजे पुनः रेष्टुरेन्टमा पुगेर मदिरा पिइ दोहोरी साँझमा जान मनाएका थिए । दोहारी जान राजी भएपछि राति साढे आठ बजे सरिता राजकुमारसँग बा २ ज २२३ नम्बरको ट्याक्सीमा चढेर रेष्टुरेन्टबाट बाहिरिएकी थिइन् ।

नयाँबस्तीबाट गौरीघाट तर्फ जाने क्रममा एरिना फुटसल नजिकै ट्याक्सी फसेपछि पुनः अर्को ट्याक्सी चढेर राति साढे नौ बजे रेष्टुरेन्टमा पुगेका राजकुमार र सरिताबीच शारीरीक सम्पर्क समेत भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सरिताले प्रहरीलाई बयान दिए अनुसार शारीरीक सम्पर्क राख्न दिए बापत पैसाको बार्गेनिङ भएको थियो । राजकुमारले पैसा दिएको बताए पनि सरिताले नपाएपछि दुईजनाबीच भनाभन भएको थियो ।

मदिराले मातिएका राजकुमालाई सरिताले धकेल्दा उनी भुइँमा लडेपछि मागधनले धारा नजिकै रहेको पर्खालको इँटाको टुक्राले प्रहार गरेका थिए । राजकुमार अचेत भएपछि सरिता सोही रेष्टुरेन्टको दोस्रो तलामा गएर कपडा फेरी सुतेकी थिइन् ।

कोठामा सुतिरहेका राजकुमार लडेको देखेपछि अरुणले आफ्नी आमा संगीतालाई बोलाएका थिए । संगीताले तत्काल प्रहरीमा जानकारी गराएपछि प्रहरी र संगीताका परिवारले राजकुमारलाई ट्याक्सीमा राखी राजकुमारकी साली नातापर्ने उषा तामाङलाई बोलाएर अस्पताल पठाएका थिए ।

सुरुमा बौद्ध स्तुपा अस्पताल लगिए पनि राजकुमारको बाटोमै मृत्यु भइसकेका बताएपछि पुनः अत्तरखेलस्थित काठमाडौं मेडिकल कलेजमा पु्‍याईएको थियो । मेडिकल कलेजका चिकित्सकले राजकुमारको मृत्यु भइसकेको जानकारी दिएका थिए ।

‘घटनामा प्रहरी संलग्नता देखिंदैन’
राजकुमारको मृत्युको विषयलाई लिएर उनका आफन्त र आक्रोशित भिडले प्रहरी बिट तोडफोड गरेका थिए । इँटाको प्रहारबाट मृत्युको भएका राजकुमारलाई ट्याक्सीमा राखेर आफन्त बोलाउन पुगेका बिटका प्रहरीले घटनाको दोषी पक्राउ गर्न भन्दा पनि घटनालाई लुकाउन बढी जोड दिएको अनुसन्धानले देखाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने,‘राजकुमारलाई इँटा प्रहार गर्ने र उनीसँग झगडा गर्ने सवालमा प्रहरी संलग्नता अहिलेसम्म देखिंदैन तर बिटका सुरक्षाकर्मीले आफ्नै अगाडी त्यत्रो घटना हुँदा संवेदनशीलता नबुझी पन्छिन खोजेको जस्तो देखिन्छ, थप अनुसन्धान गर्दैछौं ।’

उनले रेष्टुरेन्ट संचालिका संगीतामार्फत् बिटका प्रहरीले केही सहयोग लिंदै आएको आशंका गरे । ‘सर्वसाधरणको सुरक्षार्थ खटिने प्रहरीमाथि नै किन जाईलागे, बिट तोडफोड र आगजनी किन गरे भन्ने प्रश्न आउनु स्वभाविकै हो, प्रहरीका कमजोरी पक्ष पनि हुनसक्छन्, हामी केलाउँदै छौं, दोषी देखिए कारबाही गर्छौँ, एसएसपी खनालले भने ।

LEAVE A REPLY