रामेछापमा ट्रिपर दुर्घटना, चारको मृत्यु

0
248

रामेछापः रामेछापमा भएको ट्रिपर दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । खाँडादेवी गाविसको लिसे र चोप्राङ डाँडामा भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
दुर्घटनामा परी ट्रिपर चालक सिन्धुपाल्चोकका ३० वर्षका कुमार विक, सिन्धुली भिमानका २३ वर्षका रुपेश भण्डारी, सर्लाहीका २२ वर्षका विकास पौडेल र ललितपुरको चापागाउँका ३५ वर्षका किरण डाँगीको ज्यान गएको प्रहरीले जनाएको छ ।
पकरबास गाल्पा सडक खण्डमा ग्राबेलिङको काम सकेर पात्लेमा रहेको क्याम्पमा फर्कनेक्रममा बा २ ख ६८८८ नम्बरको ट्रिपर दुर्घटनामा परेको हो ।

Advertisements

LEAVE A REPLY