बन्द कहिलेसम्म, अब विकल्प खोज्ने कि ?

0
282

गुल्मी, मंसिर २९ –  दुई हप्तादेखिको बन्दका कारण गुल्मीको जनजीवन प्रभावित भएको छ । सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेर पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा पन्ध्र दिनदेखि गुल्मीका आन्दोलन भइरहेको छ ।

Advertisements

दिनहुँ सदरमुकाम तम्घासमा फरक फरक शैलीका प्रर्दशन गरेर आन्दोलनकर्ताले सरकारलाई खबरदारी गर्दै आएका छन् । तर यतिका दिनसम्मको आन्दोलनले नागरिकले सोचे जसरी खासै उपलब्धी हाँसिल नभएको भन्दै व्यवसायी एवं नागरिकले आन्दोलनको विकल्प खोज्नु पर्नेमा जोड दिएका छन् ।

संयुक्त आन्दोलन परिचालन संघर्ष समितिको दिनहुँ बस्ने बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्न भने छाडेको छैन । बन्दका कारण बजार तथा कलकारखाना र यातायात सेवा समेत ठप्प छन् ।

LEAVE A REPLY