अर्वपतिका छोराले बुवाकोव्यवसाय सम्हाल्न अस्विकार

0
200

wang_1481597344

चीनका सबैभन्दा धनी र रियल स्टेट बिजनेस किंग वांग जिआनलिनले आफ्नो ९२ अर्ब डलरको साम्राज्य सम्हाल्नका लागि एक जिम्मेवार व्यवसायी खोजिरहेका छन् । उनका एक्ला छोरा वांग सिकोंगले उनको कारोबार सम्हाल्न अस्विकार गरेपछि उनले व्यवसायीको खोजी गरेका हुन् ।

Advertisements

– इलियाना वांगा ग्रपका संस्थापक र अध्यक्ष ६२ वर्षीय वांगले भने, ‘जब

मैले छोरा वांग सिकोंगलाई आफ्नो व्यवसाय सम्हाल्नका लागि आग्रह गरे तब उनले मलाई ‘म तपाईंजस्तो जिन्दगी बाँच्न चाहन्नँ’ भन्दै अस्विकार गरे ।

वांगले भने, ‘आजका युवाहरुको प्राथमिकता अर्कै छ । म मेरो व्यवसाय व्यवसायिक म्यानेजरको समूहलाई हस्तान्तरण गर्न चाहन्छु र म बोर्डमा बसेर हेर्नेछु ।’

‘हामीसँग व्यवसायिक म्यानेजरको रुपमा थुप्रै योग्य व्यक्तिहरु छन्, हामी जसलाई छान्ने छौं उनलाई निकै उत्कृष्ट तालिम दिएर तयार गर्नेछौं ता कि प्रतिस्पर्धामा उनीहरुले कम्पनीलाई अरुभन्दा भिन्न र उत्कृष्ट देखाउन सकून् ।’

सानो प्रोपर्टी डेभलपरबाट ९२ अर्ब डलरको बिजनेसको यात्राः
वांग सन् १९७० देखि १९८६ सम्म चीनको सेनामा रहे । पछि सानो प्रोपर्टी डेभलपरको रुपमा सन् १९८८ मा वांडाको सुरुवात पोर्ट सिटी डालियानबाट गरेका थिए ।

– आज चीनको ६० शहमा कम्पनीको सम्पत्ति ९० लाख स्क्वायर मिटर इन्भेष्टमेन्ट प्रोपर्टी, ५८ सपिङ प्लाजा, २५ लग्जरी होटल, ६८ सिनेमाघर र ५७ डिपार्टमेन्टल स्टोर्स छन् ।

– एमएमसी थिएटर्स खरिद गरेपछि १० हनार स्क्रिनको साथमा यो संसारको सबैभन्दा ठूलो सिनेमा चेन बन्यो ।

उनको छोराले कुकुरको लागि किनेका थिए ८ आइफोनः
– जियानलिनका छोरा वांग सिकोंग जनवरीमा २९ वर्षका हुन्छन् । सेप्टेम्बरमा उनले आफ्नो कुकुरका लागि ८ वटा आइफोन सेभेन खरिद गरेका थिए । त्यतिबेला उनी संसारभरीको मिडियामा छाएका थिए ।

– यस्तै, सन् २०१५ मा उनले कुकुरकै लागि दुईवटा एप्पलको घडी खरिद गरेका थिए ।

– निर्देशकको रुपमा काम गरिरहेका सिकोंगको वान्डा ग्रुपमा २ प्रतिशतको लगानी छ ।

– उनले बेलायतको विद्यालयमा पढेका थिए भने लण्डनको युनिभर्सिटीबाट ग्रेजुयसन गरेका थिए । सन् २०११ मा बुवाको कम्पनीबाट ७८० करोड रुपैयाँ लिएर इक्विटी फन्ड कम्पनी सुरु गरेका थिए ।

– यसका साथै इन्टरनेट इन्टरटेनमेन्ट, गेमिङ र सोसल नेटवर्किङ इन्डष्ट्रि र डायनिङ कम्पनीमा पनि उनको लगानी छ ।

LEAVE A REPLY