लियो क्लव काठमाण्डौ फुलवारीद्वारा विभिन्न कार्यक्रमको आयोजना

0
586

received_681823345318093संकल्प पोष्ट,

२८ मंसीर २०७३
काठमाडौ ।

Advertisements

लियो क्लव अफ काठमाडौं फुलवारी द्वारा कलंकीमा रहेको बालसेवा आश्रममा जम्मा भैरहेका सडक बालबालिकामाझ खुशी साटासाट गरि सवै बालबालिकालाई खाजा खुवाई आफ्नो समय समर्पण गरिएको थियो। received_681823348651426मंसीर २३ गते बिहिवारका दिन यो कार्यक्रम आयोजना गरिएको थियो। आफ्ना अभिभावकहरुवाट टाढा रहेका बालबालिकाहरुमा खुशीका दुई पल बांढ्ने उद्देश्यले गरिएको यस कार्यक्रमले बालबालिकाको अनुहारमा निकै खुशी छाएको महसुस सवैले गरेका थिए। यस क्लवकी उपाध्यक्ष लियो सृजना पौडेलको संयोजकत्वमा सम्पन्न यो कार्यक्रम काठमाडौ फूलबारीद्वारा लियो सप्ताहको दोस्रो कार्यक्रम थियो। received_681823455318082यस क्लव कि अध्यक्ष अप्सरा पराजुली भन्नुहुन्छ,” हामीले पहिले गरेको वाचा पूरा गर्दै यसपटक पनि बालबालीकामाझ उपस्थित भएका थियौं। हाम्रो उपस्थितिले पहिलेझैं अहिलेपनि सवैको मुहारमा खुशी ल्याएको देख्ता हामीमाझ यस्ता कार्यक्रमहरु गर्ने थप हौशला ल्याएको छ।” अध्यक्षले सवै उपस्थित सदस्यलाई धन्यवाद दिंदै लियो अनमोल गौतमद्वारा भएको आर्थिक सहयोगका लागि विशेष धन्यवाद दिनुभएको छ।received_681823358651425 त्यस्तै सोही क्लवद्वारा लियो सप्ताह मनाउने क्रममा सडक सुरक्षा जनचेतना कार्यक्रम आयोजना गरिएको थियो। मंसीर २१ गते मंगलबारका दिन गोठाटारस्थित गान्धी आदर्श उच्च मा.बि.का बिद्यार्थी हरुमाझ सडक सुरक्षालाई मध्यनजर गरि गरेको कार्यक्रममा, सडकमा हुने दुर्घटना र त्यसपछिको प्राथमिक उपचारका बारेमा बिद्यार्थीहरुलाई जानकारी गराएका थिए। received_681823351984759लियो सरस्वती बस्नेतको संयोजकत्वमा सो कार्यक्रम सम्पन्न भएको थियो। स्कूलका बिद्यार्थी रविन पाण्डे भन्छन-” आजको कार्यक्रमवाट हामिलाई धेरै कुरा थाहा भएको छ। सडकमा दुर्घटनाग्रस्त ब्याक्तिलाई कसरी सहयोग गर्ने भन्ने बिषयमा वृस्तृत जानकारी हामीले पाएका छौं।” यस्ता संस्थाहरु र कार्यक्रमहरुको अझै आवश्यकता भएको उनले बताउंछन। यस क्लवकी अध्यक्ष अप्सरा पराजुली भन्नुहुन्छ-” हामीलाई थाहा भएको कुरा सवैसामु राख्दा कसैको भलो हुनु नै हाम्रो यस कार्यक्रमको सफलता हो।” साथै सोही क्लवका पूर्वउपाध्यक्ष तथा लियो डिस्टृक ३२५ ब २ का सचिव लियो ताराप्रसाद गुरागाईंको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। received_681823365318091

LEAVE A REPLY