विरोधको १५ औँ दिनमा प्रधानमन्त्रीलाई उपहार : नक्सा, माला र कैंची

0
251

गुल्मी, मंसिर २९ – सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरेर पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा पन्ध्र दिनदेखि आन्दोलनरत गुल्मीका बासिन्दा र प्रहरबिच बुधबार झडप भएको छ । 

संयुक्त महिला संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउन जाने क्रममा सुरक्षाकर्मीले रोकेपछि तनाव भएको हो । महिलाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई  नेपालको नक्सा, फूलको माला र एउटा कैंची समेत उपहार पठाएका छन् । 

मिलेर बसेको प्रदेशलाई सरकारले ध्वजा ध्वजा बनाउँदै काटेर टुक्राउन लागेको विरोधमा महिलाहरुको तर्फबाट उपहार पठाएको संयुक्त आन्दोलन महिला संघर्ष समिति संयोजक विष्णु कुमारी सापकोटाले बताउनुभयो । संशोधन प्रस्तावको विरोधमा पाल्पा, अर्घाखाँची, प्युठान, रुपन्देहीमा पनि विरोध हुँदै आएको छ ।  

दिनहुँ सदरमुकाम तम्घासमा फरक फरक शैलीका प्रर्दशनहरु गरेर आन्दोलनकारीले सरकारलाई खबरदारी गर्दै आएका छन् । दुईसाताभन्दा लामो बन्दका कारण जिल्लाका सम्पूर्ण वजार तथा कलकारखाना र यातायात सेवासमेत ठप्प छन् । 

LEAVE A REPLY