पुटिन बने विश्वकै शक्तिशाली व्यक्ति

0
251

३० मंसिर, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वकै शक्तिशाली व्यक्ति बनेका छन् । अमेरिकी पत्रिका फोब्र्सले विश्वका १०० शक्तिशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ ।

Advertisements

जसमा अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै पुटिन शीर्ष स्थानमा छन् हालै मात्र टाइम्स म्यागजिनले भने ट्रम्पलाई वर्ष व्यक्ति घोषणा गरेको थियो । तर, फोब्र्सको सूचीमा भने ट्रम्प दोस्रो स्थानमा परेका छन् ।

विश्वका शक्तिशाली व्यक्तिहरुको सूचीको तेस्रो नम्बरमा जर्मर्न चान्सल एङ्गेला मर्केल छिन् । चिनियाँ राष्ट्रपति सी निजपिङ चौथो र धर्मगुरु पोप फ्रान्सिस पाँचौं नम्बरमा छन् ।

जानेट येलन छैटौं, विल गेट्स सातौं, ल्यारी पेज आठौं र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नवौं स्थानमा छन् । दशौं स्थानमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग छन् ।

यो सूचीमा अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामा ४८ औं स्थानमा छन् ।

LEAVE A REPLY