कमेडियन कपिल शर्मालाई यस्तो संकट

0
284

भारतीय चर्चित कमेडियन कपिल शर्मा बिएमसी घुस काण्डका दोषी ठहरिए उनले ठूलो सजायको भागिदार बन्नुपर्ने देखिएको छ । भारतीय कमेडियन कपिल शर्मा विरुद्ध बुधबार वर्सोवा प्रहरी थानामा एफआईआर दर्ता भएको छ।कमेडियन शर्माविरुद्ध सामाजिक काम गर्दै आएका सिंहले पुरानो काण्डको जाँच गर्न माग गर्दै मुद्धा दर्ता गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । कमेडियन शर्माले करिब दुई महिनाअघि मात्र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रष्टाचारको गुनासो गर्दै ट्वीट गरेका थिए । लगत्तै महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडंवीसले घुस माग्ने व्यक्तिको नाम सोधका थिए तर कपिलले भने नाम सार्वजनिक नगरेपछि यही विषय अदालतमा पुगेको हो ।

Advertisements

kapil_0_0

कपिल विरुद्ध इन्भावयरनमेन्ट प्रोटेक्शन एक्टको सेक्शन १५,आइपिसी १८७ र एमआरटिपी को सेक्शन ५२ अन्तर्गत मुद्धा दर्ता भएको छ। जसमा दोषी पाइए १ देखि ६ महिना, ३ वर्ष, वा ५ वर्षसम्म जेलको सजाय हुनसक्ने प्रावधान रहेको छ ।

यता अदालतले भने घुस माग्ने र दिने दुवै दोषी हुने भएकाले दुवैजनालाई मुद्धा दर्ता हुनुपर्ने उल्लेख गरेको छ । दुई महिनाअघि कपिलले ट्वीट गर्दै लेखेका थिए, ‘मैले पछिल्लो ५ वर्षदेखि १५ करोड कर तिर्दै छु। तर मैले अफिस बनाउनको लागि बीएमसी (वृहन मुम्बई महानगरपालिका) लाई ५ लाख घुस दिनुपर्नेछ।’

कपिलले लगतै दोस्रो ट्वीट गर्दै मोदीलाई ट्याग गरि लेखे, ‘के यहि हो तपाईका राम्रा दिन ?’ कपिलले यस्तो लेखेपछि त्यहाँका मुख्यमन्त्रीले कपिललाई सबै जानकारी दिन आग्रह गरेका थिए । मुख्यमन्त्रीले ट्वीटमै भनेका थिए,‘कपिल भाई पुरै जानकरी दिनु। बीएमसी कमिश्नरलाई सख्त कारवाहीको निर्देशन दिएको छु। हामी दोषीलाई छोड्दैनौँ।’

LEAVE A REPLY