सुन भाउ ओरालो लाग्दैइ आजै मात्र ५ सय सस्तो

0
317

timthumb-php

३० मंसिर, काठमाडौं । मंसिर बिवाहको मूल महिना भएकाले समान्यतयाः सुनको मूल्य घट्दैन । तर, यो वर्ष मंसिरमा सुनको मूल्यमा ३ हजार ५ सय रुपैयाँले गिरावट आयो । यसले उपभोक्तालाई राहत दियो भने विक्रेता अपेक्षाअनुरुप कारोबार नभएको भन्दै असन्तुष्ट छन् ।

Advertisements

महिनाको अन्तिम दिन सुनको मूल्य तोलाको ५२ हजार नजिक आइपुगेको छ । बुधबार प्रतितोला ५२ हजार ६ सय रुपैयाँमा कारेबार भएको सुनको मूल्यमा बिहीबार थप ५ सय रुपैयाँको गिरावट देखियो ।

सुन आज तोलाको ५२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार गिरावट आउँदा नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको हो । मंसिर १ गते सुनको मूल्य ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंसिरकै महिनामा सुनको मूल्य घट्दा उपभोक्ताहरुलाई राहत भइरह्यो । सुनको मूल्य अहिले पनि लगातार घटिरहेको छ । डलर र अन्तर्राष्ट्रिय सेयर बजार बलियो बन्दै गएपछि सुनको मूल्य घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । पछिल्लो समय अमेरिकी डलरको मूल्य विश्व बजारमा उकालो लागिरहेको छ ।

रोजगारीको बढोत्तरी लगायतका कारण पनि सुन मंगिएको महासंघले जनाएको छ । भारतले घोषणा गरेको १ हजार र ५ सय नोट माथिको प्रतिवन्ध पनि सुनको मूल्य कमजोर हुनुको कारण मानिएको छ ।

मूल्य घटिरहेकाले अत्यावश्यकबाहेक अन्य ग्राहक मूलय अझै घट्ने आशामा सुन किन्ने प्रतिक्षामा छन् । मंसिर लागेदेखि सुनको मूल्य घटेको घट्यै यो विन्दुमा आइपुगेको हो ।

महिनाको बीचमा केही उकासिन खोजेपनि सुन वर्षकै सबैभन्दा सस्तो विन्दुबाट तल झरेको छ । चाँदी आज तोलको ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY