पुटिन संसारकै शक्तिशाली व्यक्ति, ओबामा मोदीभन्दा कमजोर

0
288

trump-putin-point-743x375एजेन्सी । फोब्र्स पत्रिकाले यस वर्षका शक्तिशाली व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । फोब्र्सको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगातार चौथो वर्ष सूचीको शीर्ष स्थानमा रहेका छन् । ७४ जनालाई सामेल गरिएको लिस्टमा अमेरिकी राष्ट्रपति बाराक ओबामा भने ४८ औं स्थानमा रहेका छन् । यसैगरी सूचीको दोस्रो स्थानमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो स्थानमा रहेका छन् भने तेस्रो नम्बरमा जर्मन चान्सलर एन्जेला मर्केल तथा चौथो स्थानमा चीनका राष्ट्रपति सि जिनपिङ रहेका छन् ।

उनीपछि इसाई धर्मगुरु पोप फ्रान्सिस पाँचौ नम्बरमा अटाएका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नवौं तथा फेसबुकका संस्थापक मार्क जुकरबर्ग १० औं स्थानमा रहेका छन् ।

Advertisements

LEAVE A REPLY