अमेरिकी निर्वाचनमा रूसी संलग्नता रहेको ह्वाइट हाउसको दावी

0
242

अमेरिकी राष्ट्रपति भबन ह्वाइट हाउसका प्रेस सचिव जोश आर्नेष्टले अमेरिकामा डोनाल्ड ट्रम्पलाई जिताउन रूसीकोे संलग्नता रहेको दावी गरेका छन्। ‘यो विषयमा ह्वाइट हाउसँग प्रसस्त सुचनाहरु आइसकेका छन्। अक्टुवरभन्दा अगाडी देखि नै रूस डोनाल्डलाई जिताउने अभियानमा लगेको थियो।’

Advertisements

timthumb-php

 

पत्रकारहरुसँग कुराकानी गर्दै आर्नेष्टले अगाडी बताए–‘डोनाल्ड ट्रम्पले प्रतिपक्ष उम्मेदवार हिलारी क्ल्निटनका इमेलहरु ह्याक गर्न लगाएका थिए।’ निर्वाचिन डोनाल्ड ट्रम्पले आर्नेष्टलको भनाइलाइप्रतिबाद गर्दै बताएका छन् –‘यो कुरा ह्वाइट हाउसलाई पहिल्यै थाहाँ थियो भने, अहिले किन हिलारीको पराजयपछि मात्र सार्वजानिक गर्न खोज्दैछ?’

अमेरिका भित्रका इन्टेलीजेन्सी सँस्था सिआइएले बताए अनुसार हिलारीलाई पराजीत गराउन रूसी लागेको थियो। तर, सिआइएको उक्त भनाइ गलत भएको बताउदै एफबिआइले निर्वाचनमा कुनै ह्याक नभएको बताएको छ। रसियन सरकारी अधिकारीहरुले समेत अमेरिकी निर्वाचनमा रसियाकाे कुनै भुमिका नभएकाे दावी गर्दै अाइरहेका छन्।

 

LEAVE A REPLY