याहू का खातवाला लाईतत्काल पासवर्ड परिवर्तन गर्न आग्रह

0
267

timthumb-php

ईन्टरनेट कम्पनी याहुले आफ्ना केही यूजर्सका यूजरनेम र पासवर्ड ह्याक भएको स्वीकारेको छ। तर, याहुले यसबाट के कति एकाउन्टहरू प्रभावित भए सो को बारेमा जानकारी गराएको छैन।

Advertisements

गत दुई महिना भित्र याहुको ईमेल सेवामा भएको गड़बड़ीको यो दोस्रो ठूलो घटना हो । एक रिसर्च कम्पनी कामस्कोर का अनुशार गुगलको जीमेल पश्चात याहु विश्वको दोस्रो ठूलो  ईमेल सेवा प्रदान गर्ने कम्पनी हो। विश्वभरीमा २७.३ करोड़ याहु मेल एकाउन्ट भएको अनुमान गरिन्छ र यस मध्ये ८.१ करोड एकाउन्ट अमेरिकामा छन्।

याहुले आईतबार, १४ डिसेम्वरमा प्रकाशित व्लग अनुशार प्रभावित एकाउन्टहरूमा ईमेल एड्रेस तथा नाम प्राप्तिको लागि ह्याकरले प्रयास गरेको देखिएको छ। करिब १० करोड याहु ईमेल एकाउन्टहरूका डाटाहरू हराएको जानकारी याहुले दिएको छ।

यस घटनालाई विश्वकै ठूलो ईन्टरनेट सुरक्षा सम्वन्धीको घटना भएको समेत याहुले उल्लेख गरेको छ। याहुले सम्भावित सबै ईमेल प्रयोगकर्ताहरूलाई आज ईमेल पठाई आफ्नो पासवर्ड तुरून्त परिवर्तन गर्न सल्लाहा दिदै आफ्ना प्रयोगकर्ताहरूको ईमेलको सुरक्षाका लागि कम्पनीले भरपुर कोशिश गर्दै रहेको जानकारी गराएको छ।

याहुले दिएको टिप्स अनुसार निम्न लक्षण देखा परे तपाईको ईमेल ह्याक भएको हुन सक्छ:

  • यदि कुनै पनि याहु ईमेलहरू पाउन अचानक बन्द भएमा
  • याहु ईमेलहरू आफ्ना कन्ट्याकहरूका स्पाममा गएमा
  • एकाउन्टका विवरणहरू वा सेटिड्गहरू कुनै जानकारी बिना स्वतः परिवर्तन हुन गएमा

LEAVE A REPLY