सुरुमै प्रति निधी सभाको चुनाब गर्न असम्भब्: देउवा

0
258

deuba-1-650x387

चितवन, १ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव नभएको बताउनुभएको छ ।नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेकपा (एमाले)ले प्रस्ताव गरे झैँ सुरुमै प्रतिनिधिसभाको निर्वाचन व्यावहारिक नभएको बताउनुभयो ।तीन दलका बीचमा सुरुमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा सहमति भइसकेको भन्दै सभापति देउवाले क्रमशः प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताउनुभयो । मधेसवादी दलहरु संविधान संशोधन नभई निर्वाचन गर्न हुन्न भनिरहेका छन् नि भन्ने प्रश्नको जवाफमा उहाँले संविधान संशोधन गर्न सत्तारुढ दलहरु तयार भएकाले जसले अवरोध गरेको छ उनीहरुलाई भन्न आग्रह गर्नुभयो ।संसद्को अवरोध हटाएर संविधान संशोधन प्रस्ताव पारित गराई निर्वाचनतिर जाने सत्तारुढ दलहरुको योजना रहेकामा विपक्षीका अवरोधका कारण बीचको बाटो खोजिएको उहाँको भनाइ थियो । विसं २०७४ माघभित्र कुनै पनि हालतमा तीनवटै तहको निर्वाचन नभए मुलुकमा संवैधानिक सङ्कट आउने हुँदा दलीय सहमति जुटाएर निर्वाचन प्रक्रियामा जानुपर्ने सभापति देउवाले बताउनुभयो ।संविधान संशोधन प्रस्ताव तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार नै पेस गरिएको देउवाको भनाइ थियो ।सत्तारुढ दलहरुले कुनै पनि कुरा लादेर नभएर सहमतिमा जान खोजेको भन्दै उहाँले सबै सकारात्मक भएमात्र संविधान कार्यान्वयन हुने र मुलुकले निकास पाउने बताउनुभयो ।

Advertisements

LEAVE A REPLY