एमाले निकट कर्मचारी संगठनमा को-को विजयी ?

0
279

uml-karmachari

नेपालगञ्ज, १ पुस । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा केदारप्रसाद देवकोटा विजयी भएका छन् ।

Advertisements

नेपालगञ्जमा भएको अधिवेशनबाट वर्तमान अध्यक्ष मोहनकुमार घिमिरेलाई २५ मतले पछि पार्दै देवकोटा आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । देवकोटाले ३७१ मत ल्याए भने प्रत्यासी घिमिरेले ३४७ मत पाए ।बरिष्ठ उपाध्यक्षमा लेखनाथ कोइराला ४१७ मतसहित निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्दी ईश्वरीप्रसाद ढकाललाई पराजित गरेको हुन । ढकालले २९७ मत ल्याएका थिए ।भवानी न्यौपाने दाहाल महिला उपाध्यक्षमा निर्वाचित भएकी छिन् । दाहालले ३६१ मत ल्याइन् भने प्रतिद्वन्द्वी मञ्जु कोइरालाले ३४६ मत पाइन् ।महासचिवमा रेवन्त गौतम ४०६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी गंगाबहादुर सुनुवारले ३०५ मत ल्याए ।उपमहासचिवमा चेतनाथ न्यौपाने र राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । न्यौपानेले ३८९ र श्रेष्ठले ३४४ मत ल्याए । उपमहासचिवका प्रत्यासी भुपेन्द्रकुमार बस्नेतले ३१० र सीताराम घिमिरेले ३३७ मत पाएका थिए ।बिहीबार भएको निर्वाचनबाट आएको नयाँ नेतृत्वले तीन वर्ष काम गर्नेछ । अध्यक्ष देवकोटा अध्यक्ष केपी ओली र महासचिव रेवन्त गौतम नेता माधव कुमार नेपाल समूहका हुन् । संगठनको नेतृत्वमा ओली र नेपाल समूहबाट मिश्रित आएका छन् ।

LEAVE A REPLY