प्रधानमन्त्री प्रचण्डले गरे केवलकारको औपचारिक उद्घाटन

0
233

prachanda-chandra-giri

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अवलोकन गरेर काम छिटो सक्न निर्देशन दिएका राष्ट्रिय गौरवका आयोजनाको काम द्रुत गतिमा अघि बढेको बताएका छन् ।बिहिबार काठमाडौैंको चन्द्रागिरी हिल्सको केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी योजना, ढल्केवरको विद्युत सवस्टेशन र चमेलिया जलविद्युत आयोजनाको काम आफूले सोचेभन्दा द्रुतगतिमा अघि बढेको बताएका हुन् ।उनले सरकारका ठूला आयोजनाहरुको काम अत्यन्तै ढिलासुस्ति रुपमा अघि बढेपछि छिटो काम गराउन र चुहावट रोक्न आफू देशैभरी दौडिरहेको बताए । उनले भने–“हिजो ४ सय किलोवाट क्षमताको ढल्केवर सव स्टेशनको अनुगमनमा गएको थिँए, २ महिनाको अवधीमा उल्लेखनिय ढंगले काम भएको पाँए, इच्छाशक्ति भयो र मन लागएर काम ग¥यो भने सरकारी आयोजना पनि छिटो सम्पन्न हुन्न भन्ने उदाहरण बनेको छ ढल्केवर सव स्टेशन ।”प्रधानमन्त्री प्रचण्डले आफूले अनुगमन गरी निर्देशन दिएपनि मेलम्ची खानेपानी आयोजनाको काम टार्गेटभन्दा छिटो बढेको बताए ।उनले चन्द्रागिरी डाँडामा चन्द्रागिरी हिल्सले २ बर्षको अवधीमा केवलकार सहितको उक्त संरचना खडा गरेकोमा आश्र्चय व्यक्त गर्दै निजी क्षेत्रको उक्त काम सरकार र कर्मचारीतन्त्रलाई चुनौती भएको बताए । काठमाडौ नजिकै रहेको केबलकार सहितको उक्त आयोजना निजी क्षेत्रका लागि प्रेरणा र गौरवको विषय भएको बताउदै प्रधानमन्त्री प्रचण्डले यस्ता योजना लागू गर्न पूर्वको पाथिभरा देखि पश्चिमको बढीमालिकासम्म सयौ ठाँउमा संभाव्यता रहेको बताए ।चाह्यो भने गर्न सकिन्छ भन्ने प्रमाण चन्द्रागिरी हिल्सले प्रस्तुत गरेको भन्दै प्रशंसा गरे ।

Advertisements

विकासप्रेमी मन्त्रीहरुको साथ
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान मन्त्रीपरिषदभित्र रहेका मन्त्रीहरुको खुलेर प्रशंसा गरेका छन् । उनले आफ्नो सरकारका सबै मन्त्रीहरु विकासप्रेमी रहेको र विकासका नयाँ योजनाहरु ल्याइरहेको बताए । उनले भने–विकासका काममा सबै मन्त्रीहरु गंभिर भएर लाग्नुभएको छ, तर कर्मचारीतन्त्रलाई पनि सुदृढ गर्नुपर्ने चुनौति पनि देखेको छु ।”प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रले गरेको आयोजनाका कामबाट सरकारी कर्मचारीले पनि प्रेरणा लिनुपर्ने बताए ।चन्द्रागिरी हिल्सले काठमाडौंको थानकोटदेखि चन्द्रागिरी पहाडको टुप्पोसम्म सञ्चालन गरेको ३८ वटा केवलकारको आज प्रधानमन्त्री प्रचण्डले औपचारिक उद्घाटन गरेका हुन् ।साभार्: रातोपाटी

LEAVE A REPLY