गुल्मीमा प्रदर्शनकारी र प्रहरीबीच झडप

0
281

सरकारी कार्यालयमा आन्दोलनकारीको तालाबन्दी

गुल्मीः संविधान संशोधन प्रस्ताव बिरुद्ध आन्दोनको सत्रौँ दिन गुल्मीका सरकारी कार्यालयमा आन्दोलनकारीले ताला बन्दी गरेका छन् ।gulmi-prasasan-58538be5e7c804-13010165

जिल्ला प्रशासन कार्यालय गुल्मीमा आन्दोलनकारीले तालाबन्दी गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ । झडपमा केहि आन्दोलनकारी घाईते भएका छन् ।

Advertisements

बिहानैदेखी प्रदर्शनकारीले नाराबाजी गर्दै सरकारी कार्यालयमा तालाबन्दी गर्दै हिडेका थिए । प्रदेश नम्बर पाँचमा आमहड्तालको घोषणा भएसँगै गुल्मीमा शैक्षिक संस्था, बजार, कलकारखाना, उद्योगधन्दा र यातायात बन्द भएका छन् ।

शैक्षिक संस्थालाई खुल्ला राखेका आन्दोलनकारीले आजदेखि शैक्षिक संस्थापनि बन्द गराएका हुन् ।

LEAVE A REPLY