भारतलार्इ नेपालले दियो १७३ रनको चुनौती

0
313

nepali-team-58539885ba5024-00463162

 

 

काठमाडौं: श्रीलंकामा जारी एसीसी यू–१९ एसीया कप क्रिकेटको आजको खेलमा नेपालले भारतसँग १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

Advertisements

निर्धारित ५० ओभरको खेलमा नेपालले नौ विकेट गुमाउँदै १७२ रन बनाउन सफल भयो ।

नेपालका लागि रोहित कुमार पौडेलले दुई छक्का र सात चौकाको मद्दतले ६८ रन बनाए । रोहितले अन्तिम ओभरमा २४ रन जोडेर अर्धसतक पूरा गरेका छन् । दीपेन्द्र सिंह ऐरिले ३४ रनको योगदान दिए । त्यस्तै आरिफ शेखले १८ रन बनाउँदा प्रकाश केसीले १३ रन बनाएका छन् । अन्य व्याट्स म्यानले भने दोहोरो अंक जोड्न सकेनन ।

भारतले अव केही बेरमा जवाफी व्याटिङ गर्नेछ ।

LEAVE A REPLY