अख्तियार: मन्त्रीको सम्पत्ति शन्कालागे छानबिन हुन्छ।

0
295

१ पुस, काठमाडौ । मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालबाट आम नागरिकले उनीहरुले भरेको विवरणको सत्यतामाथि प्रश्न उठाएका छन् । धेरैले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री कृष्णबहादुर महराको सम्पत्ति विवरणमाथि शंका गरेका छन् । भलै, प्रचण्डले आफ्नो निजी सम्पत्ति देखाए जोगी बन्ने बताएका छन् ।मन्त्रीहरुले अस्वाभाविकरुपमा निकै कम सम्पत्ति भएको विवरण सार्वजनिक गरेका छन् ।   वाणिज्य मन्त्री गौचन, गृहमन्त्री विमलेन्द्र निधिको सम्पत्ति र त्यसको स्रोतमा तालमेल देखिएको छैन । मन्त्री दीपक बोहोराको सम्पत्ति पनि अस्वाभाविक देखिएको छ ।माओवादीका राज्यमन्त्रीहरु धनमाया वि.क. र श्रीप्रसाद जगेबुको अस्वाभाविक सम्पत्तिमाथि पनि धेरैले शंका गरेका छन् । यस्तो अवस्थामा के हुन्छ ?

Advertisements

 

मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालबाट धेरै शंका व्यक्त भएको छ । मन्त्रीहरुको सम्पत्ति विवरण प्रधानमन्त्रीको वेबसाइटबाट आयोगले पनि प्राप्त गरिसकेको छ । अब आयोगले आवश्यकता अनुसार ती सम्पत्ति विवरणहरुको अध्ययन गर्छ ।कुनै मन्त्रीले ५ लाखको किताब किनेको भनेका छन्, त्यो सुहाउने कुरा होइन । यस्ता अस्वाभाविक विषयले छानविन जरुरी देखाउँछ । छानविन गर्दा आयोगले ५ लाखको किताब खोज्न सक्छ । किताव खरिदका प्रमाणहरु खोज्छ ।यस्तै कतिपय मन्त्रीहरुको सम्पत्ति गुणात्मक बृद्धि भएको देखिन्छ । आयभन्दा खर्च बढी देखियो भने अस्वाभाविक हुन्छ । र, कानुनी रुपमा त्यसको खोजविनको विषय बन्छ । यदि कसैले कम सम्पत्ति भएर पनि बढी हाइफाइ देखायो, नभएको सम्पत्ति पनि छ भनेर देखायो र उसको लिगल सम्पत्ति होइन भन्ने शंका देखिएमा छानविन शुरु हुन्छ ।

छानविनको आधार के ?

जसको सम्पत्ति छानविन गरिने हो, उसले भरेको सम्पत्ति विवरणको कागजलाई मुख्य आधार मानेर छानविन गरिन्छ । नभएको सम्पत्ति देखायो भने झनै गम्भीर रुपमा हेर्छ । छानविनका क्रममा अब उनले भनेको जति सम्पत्ति छ कि छैन भन्ने खोजिन्छ । यदि कागजमा भरेबमोजिम सम्पत्ति भेटियो भने त्यसको थप स्रोतहरु खोजिन्छ ।

यदि उसले विवरणमा भरे अनुसार स्रोत र त्यसअनुसारको सम्पत्ति देखाउन सकेन भने पनि सिधै भ्रष्टाचार मुद्दामा कारवाही चल्छ । उसले अघि कम सम्पत्ति भएर पनि बढी सम्पत्ति छ भनेर देखाउनेहरुमाथि अख्तियारले सिधै कारबाहीका लागि अध्ययन थाल्न सक्छ ।

 

कानुन, ऐन जुनसुकै अवस्थामा रहे पनि गल्ती गरेपछि कारवाही भोग्नुपर्ने हुन्छ । यो कसको पैसा हो, भन्न सक्नुपर्छ । यदि देखाउन सकेन भने ऊ माथि हुण्डी कारोबारदेखि गैरकानुनी कारोबारमा संलग्न भएको आरोप लाग्न सक्छ । जे होस्, राज्यले कागजमा भएको सम्पत्तिलाई आधिकारिक मानेर त्यही आधारमा छानविन अघि बढ्छ ।

LEAVE A REPLY