बिरामी बोकेको एम्बुलेन्स तोडफोड

0
237

anbulence-todfod-768x466

३ पुस बुटवल । प्रदेश सीमांकन हेरफेरको बिरोधमा बुटवलमा भइरहेको आन्दोलन अराजक बन्दै गएको छ । बन्दको बहानामा शनिबार साँझ बिरामी बोकेको एम्बुलेन्समा समेत प्रदर्शनकारीले आक्रमण गरेका छन् ।आन्दोलनकारीले भुपु शैनिक क्लव बुटवलको लु १ च २१३१ नम्बरको एम्बुलेन्स तोडफोड गरेका हुन् । भैरहवा बिमानस्थलबाट बिरामी लिएर आउदै गरेको एम्बुलेन्स माथि तोडफोड भएको हो ।प्रहरी बिटकै अगाडि एम्बुलेन्स तोडफोड हुँदा समेत प्रहरी मुक्दर्शक बनेको थियो ।काठमाडौंमा मुटुको शल्यक्रिया गरेर ल्याइएका विरामी शनिचरी श्रेष्ठलाई एम्बुलेन्सको सिसाले काटेको छ ।

Advertisements

LEAVE A REPLY