चेल्सीको किर्तिमानी जीत

0
301

timthumb-php

इंग्लिस प्रिमियर लिगमा लिग लिडर चेल्सीले शनिबार किर्तिमानी जित दर्ता गरेको छ। उसले आफ्नै कीर्तिमानमा बराबरी गरेको छ। लिगमा ९ अंकको अग्रता कायम गरेको चेल्सीले लगातार ११ जित दर्ता गर्दै सन् २००९ मा बनाएको आफ्नै कीर्तिमानसँग बराबरी गरेको हो।चेल्सीले सन् २००९ को अप्रिलदेखि सेप्टेम्बरसम्म ११ खेलमा विजयी भएको थियो। प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमान भने आर्सनलको नाममा छ।उसले सन् २००२ मा लगातार १४ खेलमा जित निकाल्दै कीर्तिमान बनाएको थियो। लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई १–० ले हराउँदै किर्तिमानमा बराबरी गरेको हो।चेल्सीको जितमा ४३ औं मिनेटमा डिएगो कोस्टाले निर्णायक गोल गरे।गएरातिको खेलसँगै शीर्ष स्थानको चेल्सीको १७ खेलबाट ४३ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको लिभरपुलको ३४ अंक छ । समान ३४ अंक नै भएको आर्सनल तेस्रो स्थानमा छ।

Advertisements

LEAVE A REPLY