बिमल घर्ती मगर इ-प्लानेटका सद्भावना राजदुत

0
279

timthumb-php

चर्चित नेपाली फुटबलर बिमल घर्ती मगरलाई इ–प्लानेट एजुकेसन कन्सल्टेन्सीको सद्भावना राजदुत नियुक्त गरेको छ। शनिबार काठमाडौंमा एक कार्यक्रम गरी फुटबलर घर्तीलाई १ वर्षका लागि सद्भावना राजदुत घोषणा गरिएको हो।

Advertisements

घर्तीलाई सद्भावना राजदुत घोषणा गरेर व्यवसायीक खेलाडीलाई निजी संस्थाहरुले पनि सहयोग गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न खोजिएको इ–प्लानेटका कार्यकारी निर्देशक दीपराज खत्रीले बताए। उनले खेलाडी घर्ती आफूहरुसँग अनुबन्धन भएपछि शिक्षा र खेलकुद क्षेत्रमा धेरै काम गर्न सकिने विश्वास पनि व्यक्त गरे।

इ–प्लानेट एजुकेसन कन्सल्टेन्सीले विगत लामो समयदेखि अष्ट्रेलियाका विभिन्न कलेज तथा विश्वविद्यालयमा उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरु पठाउँदै आएको छ ।

LEAVE A REPLY