चोरिएको ड्रोन चीनबाट फिर्ता चाँहिदैनः ट्रम्प

0
279

us-navy

नवनिर्वाचित अमेरिकी राष्टपति डोनल्ड ट्रम्पले चीनले जफत गरेको ड्रोन आफूसँगै राख्न सल्लाह दिएका छन् । अमेरिकी रक्षा विभाग पेन्टागनले चीनले अमेरिकाको समुन्द्री ड्रोन फिर्ता गर्ने तयारी गरिरहेको बताएपछि ट्रम्पको यस्तो बयान सार्वजनिक भएको हो ।

Advertisements

ट्रम्पले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘हामीले चीनलाई यो भन्न आवश्यक छ कि चीनले चोरेको ड्रोन हामी फिर्ता चाहन्नौं । यसलाई चीनले आफूसँगै राख्दा हुन्छ ।’यद्यपी, पेन्टागनले बिहिबार दक्षिण चीन सागरमा जफत गरिएको ड्रोनलाई फिर्ता गर्नका लागि चीनसँग सहमती भएको बताएको थियो ।

ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘अन्तर्राष्ट्रिय जल सीमामा चीनले अमेरिकीको नेवी रिसर्च ड्रोनलाई चोरेको छ । उनीहरुले यसलाई पानीबाट निकालेर चीन लिएर गए । यो पहिलो घटना हो ।’

ट्रम्पले यो महिनाको सुरुवातमा ताइवानका राष्ट्रपतिसँग फोनमा कुराकानी गरेका थिए । यो कुराकानीमार्फत उनले अमेरिकाको दशकौं पुरानो चीन–ताइवान नीति तोडेका छन् जसलाई चीनले विरोध गरेको थियो ।

LEAVE A REPLY