अष्ट्रेलियामा मानिसहरुले पौडी खेल्दै हेरे क्रिकेट खेल

0
277

मानिसहरुलाई क्रिकेटको विषयमा रुझान बढाउनका लागि नयाँ प्रयोग गरिएको छ । क्रिकेट अष्ट्रेलिया (सीए) ले स्टेडियममा स्विमिङ पुल बनाएको छ । पहिलो पटक दर्शकले पौडी खेल्दै अष्ट्रेलिया र पाकिस्तानका बिच भइरहेको खेलको मजा लिए ।– यो स्विमिङ पुल पर्थको गाबा स्टेडियममा बनाइएको हो ।

Advertisements

 

pool-4-new_1481854106

– ३२ हजार लिटरको क्षमता भएको यो पुलमा १२० मानिस बसेर खेल हेर्न सक्छन् । यो विलासी सुविधाको प्रयोग गर्नका लागि दर्शकहरुको चयन गोलाप्रथाद्वारा गरिन्छ । यसको लागि ड्रेस कोड पनि छ ।– यहाँ स्विम वा बीच वेयर लगाएर मात्र आउन सकिन्छ । यद्यपी, यहाँ रक्सी वा बियर पिउन प्रतिबन्ध छ ।बेइजिङ आलम्पिकमा तीन स्वर्ण पदक जित्ने स्विमर स्टेफनी राइस यहाँका लाइफ गार्ड हुन् ।– अमेरिकाको नेशनल फुटबल लिगको टीम ज्याक्सनभिल जगुआर्सबाट प्रभावित भएर सीएले क्रिकेट मैदानमा स्विमिङ पुलको निर्माण गरेका हुन् ।

pool-1-new_1481854105

LEAVE A REPLY