वर्षाको रामलीला

0
283

16122016055349barsha-siwakoti

नाईं नभन्नु ल २ बाट डेब्यु हुन पाउँदा वर्षा सिवाकोटी दंग थिइन् तर भूमिका छोटो भएकाले ‘हातमा लाग्यो शून्य’झैँ भयो । फिल्मवृत्तमा कसैले उनको वास्ता गरेनन् पनि । यसरी तड्पिएको बेला निर्देशक आबिके शरद उनको जीवनमा बहार बनेर आए, उनले वर्षालाई लिड रोलमा लिएर फिल्मको घोषणा गरे, रामलीला । जीवन लुइटेलसँग रोमान्स गर्न पाउने भएपछि वर्षाको भुइँमा खुट्टो थिएन । दुर्भाग्य ! घोषणाको तीन वर्ष बितिसक्दा पनि रामलीला छांयाकनमा गएको छैन । हाल म्युजिक भिडियोमा रमाइरहेकी यी अभिनेत्री दुखेसो पोख्छिन्, “घोषणा भएको भोलिपल्टदेखि निर्माण पक्षसँग सम्पर्क नै भएन ।” एकातिर घोषणा भएको फिल्म अलपत्र पर्छ, अर्कातिर सुटिङ भएको लप्पन–छप्पनको प्रदर्शनको अत्तोपत्तो छैन । बिचरी, वर्षालाई लीला–दप्पनले तनावै तनावै ।

LEAVE A REPLY