महिला चढेको बसमा बम आक्रमण, चालकसहित पाँच महिलाको मृत्यु

0
267

football-attack

 

कान्दहर, २ पुस । अफगानिस्तानको कान्दहरमा शनिबार गोली प्राहर हुँदा चालकसहित पाँच महिला कामदारको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान ५.३० बजे देह खोजामा विमानस्थलमा काम गर्ने ती महिला चढेको सवारी साधनलाई लक्षितगरी गोली प्रहार भएको अधिकारीहरुले बताएका छन् ।

Advertisements

अफगानिस्तानको राजधानी काबुलदेखि ४५० किलोमिटर दक्षिणमा पर्ने सो ठाउँमा ती महिलाहरु कार्यालय जानका लागि मिनिबसमा यात्रा गरिरहेका थिए । प्रान्तीय सरकारका प्रवक्ता समिम खपलवाकले घटनाका बारेमा अनुसन्धान गर्न लगाइसकिएको जानकारी दिनुभयो ।

दोषीलाई पक्राउ गरी कारवाही गर्न खोजीकार्य तिव्र पारिएको उहाँले बताउनुभयो । घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेबारी लिएको छैन । तर सरकारी अधिकारीहरुले भने तालिवानी लडाकुलाई ‘शान्ति र स्थिरताका विरोधी तत्व’ भन्दै तीनीहरुलाई नै आक्रमण गरेको आरोप लगाएका छन् । सिन्ह्वा

LEAVE A REPLY