वायु प्रदूषणको कारणले, ४५ वर्षमा २० करोड मानिसको मृत्यु हुने

0
323

1092919669air-pollution-ep-gajendra-y

काठमाडौँ, २ पुष । वायु प्रदूषणका कारण लाग्ने विभिन्न रोगबाट विश्वमा बर्सेनी ३५ देखि ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भइरहँदा त्यसबाट बच्नको लागि अहिले नै कुनै ठोस प्रयास सुरु नभएकाले सन् २०६० सम्ममा यो संख्या ६० देखि ९० लाखसम्म अर्थात प्रत्येक चार–पाँच सेकेन्डमा एक व्यक्तिको मृत्यु हुने अनुमान गरिएको छ । ‘दि इकोनोमिक कन्सेक्वेन्सिज अभ् आउटडोर एयर पोलुसन’ नामक आर्थिक सहयोग तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (ओइसीडी) २०१६ को प्रतिवेदनमा वायु प्रदूषणका कारण आगामी ४५ वर्षमा २० करोड मानिसको मृत्यु हुनेछ । विश्व स्वास्थ्य संगठनका अनुसार अहिले नै विश्वका ९० प्रतिशत जनसंख्या विषाक्त हावामा श्वास फेर्न बाध्य छन् । दक्षिण पूर्वी एसियाका ११ मुलुकमा विषाक्त हावाका कारण बर्सेनि तीन लाख चार हजार ३६५ जनाको विभिन्न मुटुको रोगबाट मृत्यु हुने गरेको छ । युनिसेफको हालै सार्वजनिक भएको रिपोर्टलाई उल्लेख गर्दै सिएनएनले भनेको छ–पाँच वर्षमुनिका करिब छ लाख बालबालिका घरभित्र र बाहिरको वायु प्रदूषणबाट मर्ने गरेका छन् । प्रदूषणले उनीहरुके फोक्सोकाृ वृद्धिमा असर गर्ने मात्र होइन, मस्तिष्को विकासमा पनि प्रभाव पार्ने रिपोर्टमा उल्लेख छ ।

Advertisements

दक्षिण एसियाको वायु प्रदूषणले बर्सेनी १७ लाख मानिसलाई अकालमै ज्यान लिने गरेको छ । यो संख्या विश्वका वायु प्रदूषणबाट मर्नेको ३० प्रतिशत हो । विषाक्त हावाका कारण हुने मुटु रोगले यो क्षेत्रमा सबैभन्दा बढी भारतमा बर्सेनी दुई लाख ४९ हजार ३८८ जनाको मृत्यु हुन्छ । प्रदूषणजन्य अन्य रोगबाट ६ देखि १२ वर्ष उमेरका बालबालिकामा ब्रोङकाइटिसको नयाँ समस्या अहिलेको एक करोड २० लाखबाट बढेर सन् २०६० सम्ममा प्रतिवर्ष तीन करोड ६० लाख पुग्ने अनुमान गरिएको छ । वयस्कका सन्दर्भमा भने अहिलेको ३५ लाखबाट बढेर सन् २०६० सम्ममा उक्त खालका समस्या प्रतिवर्ष १० करोड पुग्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY