बन्दमा एम्बुलेन्स,दूधबोक्ने गाडी र रिक्सालाइ पनि कडाइ ! बन्दकर्ताले एम्बुलेन्स र रिक्साको समेत हावा फुस्काए,बन्दकर्ताहरु मध्यरातसम्मै सडकमै

0
260

बुटवल, रुपन्देहीमा दोश्रो चरणको आमहड्ताल अन्तर्गत आज दोश्रँे दिन पनि जनजीवन ठप्पै छ । बन्दकर्ताहरु आक्रोशित हुदै एम्बुलेन्स र रिक्साको समेत हावा फुस्काइदिएका छन् भने अत्याबश्यक सेवाका लागि रिक्सामा हिडेका बिरामीहरुलाइ पनि बन्दकर्ताले शास्ती दिएको गुनासो बिरामीहरुको छ ।fb_img_1480662334578
सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्तावको बिरुद्धमा संयुक्त संघर्ष समिति रुपन्देहीले आह्वान गरको आम हड्तालको कारण जनजीवन कष्टकर बनेको छ ।
देवदह मेडिकल कलेज देवदहमा कार्यरत डाक्टरहरुलाई अस्पतालमा लैजाने क्रममा बन्दकर्ताले अस्पतालाइनबाट चांदबारी जानेबाटोमा मेडिकल कलेजको लु १ च ३४४९ नम्बरको एम्बुलेन्सको हावा फुस्काई दिएका हुन् ।
त्यस्तै बुटवलकै राजमार्ग चौराहा, मिलनचोक र अस्पताल लाईनमा आन्दोलनकारीले दर्जनांै रिक्साको समेत हावा फुस्काई दिएका छन् ।
अस्पतालको एम्बुलेन्सको हावा फुस्काएपछि डाक्टरहरु अस्पताल जान नपाएपछि बिरामीको उपचारमा अवरोध सिर्जनाभएको उनीहरुको भनाइ छ ।
बन्दकर्ताहरु बुटवलको रामार्ग चौराहामा टेन्ट टांगेर सडकमै बसेका छन् । गएराती १२ बजेसम्म आन्दोलनकर्ताहरु सडकमै थिए ।

LEAVE A REPLY