गुल्मीमा आन्दोलन चर्कियो, बुटवलमा ७२ घण्टे आमहड्ताल

0
297

aandolan-gulmi6

मञ्जु टण्डन- 
बुटवल, बुटवलमा विरोध , बन्द  र हड्ताल कुनै नौलो कुरा होइन । तर, यस पटक भने यहाँका बासिन्दाले फरक महसुस गरे । कुनै समय बिहानै देखी बन्द भएर रातीमा खुल्थ्यो । त्यो परम्परा जस्तै थियो । बिस्तारै त्यो परिमार्जित भई विहान ५ बजेदेखि साँझ ५ बजेसम्म खुल्ने एउटा चलन नै बनेको छ । तर, शुक्रबार बुटवल लगायत यस क्षेत्रमा यस्तो भएन । साँझ पर्यो रात ढल्कियो , बन्द भने खुलेन । अर्थात् साँझमा पनि व्यवसायिक चहलपहल हुने ट्राफिक चोक ,हस्पिटल लाइन , राजमार्ग चौराहा लगायतका क्षेत्रहरु अध्याँरो र सुनसान नै रहे । सडकमा यातायातका साधन नभई  केवल केही व्यक्तिहरु मात्र देखिए । तर , आधिकारिक रुपमा बन्दकर्ता हुन् या होइनन् त्यो छुट्टाउन भने गा¥हो थियो । शुक्रबार बिहान नै विभिन्न नारा जुलुस सहित गरिएको बन्दको शुभारम्भ त भयो तर, शनिबार साँझसम्म पनि बुटवल लगायत सेरोफेरो ठप्प रहयो ।  यो अखण्ड ५ नं.प्रदेशको माग गर्दै   घोषणा गरिएको तिन दिने (७२ घण्टे) आम हड्तालले  बुटवलमा देखाएको दृश्य हो ।
सरकारले गत मंसिर १४ गते सिमांकन हेरफेर लगायतका विषयहरुमा संसदमा संविधान संशोधनको विधेयक प्रस्ताव पेश गरेपछि सुरु भएको आन्दोलन रोकिएको छैन ।  सिमांकन हेरफेर बिरुद्धको दोश्रो चरण अन्तर्गत पाँच नम्बर प्रदेशमा ३ दिने आम हडतालको आवहान गरिएको र माग पुरा नभए थप आन्दोलन चर्काउने संयुक्त संघर्ष समितिले जनाएको छ ।  प्रस्तावमा पूर्वघोषित प्रदेश नं.५का पहाडी जिल्लाहरु छुट्टाएर ४ नं.प्रदेशमा जोड्ने प्रस्ताव पेश भएपछि  प्रदेश नं.५ मा विरोधका आन्दोलन सुरु भएको हो । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन बिधेयकमा पाँच नं. प्रदेशलाई टुक्राएर गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम लगाएतका पहाडी जिल्लालाई ४ नं. प्रदेशमा राख्ने प्रस्ताव गरेकोमा बिरोध गर्दै  तराईका जिल्ला रुपन्देही ,कपिलबस्तु ,नवलपरासी  र पहाडी जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठानहरुमा चर्को विरोध सुरु भएको हो । ५ नं.प्रदेशका विभिन्न जिल्लाहरुमा बन्द , हड्ताल र विरोधका कार्यक्रमहरु भएतापनि रुपन्देही , पाल्पा , अर्घखाँचीमा भने बीचमा स्थगित गरिएको थियो । तर, विरोध , आन्दोलन , बन्द ,हड्ताल पछि पनि सरकारले संविधान संशोधनको प्रस्ताव फिर्ता नलिने अडान राख्दै आएको छ । यसैको विरोधमा गुल्मीमा १९ दिनदेखि निरन्तर विरोध , बन्द र हड्ताल जारी रहेको छ ।
सरकारले संसदमा दर्ता गरेको पाँच नम्बर प्रदेशको सिमांकन हेरफेर प्रस्तावको बिरुद्धमा ३ दिने आम हडताल  जारी छ । पूर्व घोषणा अनुसार यो हड्ताल सोमबार सकिने छ ।  संविधान संशोधन प्रस्ताव मार्फत पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बर प्रदेशमा राख्ने निर्णय नगर्न दवाब दिने उद्देश्यले लगातार आन्दोलनरत यहाँको संघर्ष समितिले आम हडताल आवहान गरेको हो ।
आमहड्ताल तथा पाँच नम्बर प्रदेश बन्दका कारण यहाँका शैक्षिक संस्था, यातायात, उद्योग धन्दा, ब्यापार ब्यवसाय, बिकास निर्माण आदी सबै ठप्प रहेका छन । यसैक्रममा शुक्रबार बिहानैदेखि बुटवलमा बिरोध जुलुश प्रदर्शन गरिएको हो । राजमार्ग चौराहबाट शुरु भएको जुलुस मिलनचोक, बसपार्क, अस्पताल लाईन, महेन्द्रपार्क हुँदै पुष्पलालपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा बोल्ने बक्ताहरुले पाँच नम्बर प्रदेश टुक्राउने प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन । प्रस्ताव पेश गरे लगत्तै मंसिर १५ गतेदेखि  अखण्ड पाँच नं प्रदेशका लागि दवाव अभियान लुम्बिनीले शान्तिपूर्ण आन्दोलन एवम् बिरोध प्रदर्शन गरेको थियो ।  त्यसैगरी विभिन्न राजनीतिक भातृसंगठन  र वयवसायिक संघ/संस्था, सामाजिक संघसंस्था, नागरिक समाज लगाएतका बिभिन्न संघसंगठनहरुले पनि ¥याली, बिरोध प्रदर्शन, कोण सभा आदी गरेर संविधान संशोधन मार्फत पाँच नं प्रदेश टुक्राउने खेलको बिरुद्धमा आफ्नो उठाउँदै आएका छन् । संविधान संशोधन प्रस्तावमा प्रदेश नं.५ लाई टुक्राउने विषय सार्वजनिक भए लगत्तै लुम्बिनीमा चर्को विरोध भएको थियो । बुटवल केन्द्रित आन्दोलन केही अराजक पनि बनेको थियो । लुम्बिनीका जनता संशोधनको विषयमा असन्तुष्टि भई चर्को विरोध गरेपछि यस क्षेत्रका राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मंसिर १७ गते आन्दोलनलाई  सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेल, नेपाली काँगे्रसका केन्द्रिय सदस्य चन्द्र भण्डारी र नेकपा माओबादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पाँच नम्बर प्रदेश कुनैपनि हालत टुक्राउन नहुने बताएका थिए । त्यसै गरी असन्तुष्ट नेताहरुले अर्घाखाँची र गुल्मीको भेलालाई पनि सम्बोधन  गरेका छन् । १९ दिनदेखि चलेको  गुल्मीको विरोध आन्दोलन अझै पनि नरोकिएको खवर हामीले बुद्धभूमी साप्ताहिकवाट लिएका हौं।

LEAVE A REPLY