इन्डोनेसियामा सैनिक विमान दुर्घटना तेह्रको मृत्यु

0
292

breaking-newsजाकार्ता, ३ पुष । इन्डोनेसियामा आईतबार सेनाको विमान दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

टीमीका सहरबाट उडेको हेरकुलेस सी १३० विमान निर्धारित तालिकानुसार अवतरण हुन नसकी पूर्वी क्षेत्रमा आपत्कालिन अवतरण हुन परेपछि दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।

Advertisements

“स्थानीय समयानुसार विहान करिब ६ बजे देखि विमान सम्पर्क बिहिन भएको प्राविधिकहरुले बताएका छन्,” हवाई सेना प्रमुख अगुस सुप्रियत्नले भन्नुभयो । विमान स्थानीय समयअनुसार विहान ६ः.१३ मा अवतरण गर्ने तालिका रहेको थियो ।

विमानमा एक जना यात्रुसहित १२ जना रहेका थिए । ती मध्ये तीन जना विमान चालक, आठ जना प्राविधिक, एक जना नाविक (विमानको पथप्रदर्शक) र सुरक्षा अधिकृत रहेका थिए । साथमा केही खाना पनि रहेको सुप्रियत्नले जानकारी दिनुभयो ।

विमान दुर्घटना भएको क्षेत्र मौसमको बारेमा भविश्यवाणी गर्न नसकिने क्षेत्रको रुपमा चिनिन्छ । दुर्घटना हुनु अगाडी विमान बादलमा छिरेको उहाँले बताउनु भयो ।

उद्धारकर्ताहरुले विमान भग्नावशेष अवस्थामा भेटिएको बताएका छन् । हवाई सेनाको नियमानुसार १३ जनाकै शव ल्याइएको छ ।

दुर्घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउन छानविन टोली घटनास्थलमा पठाइ सकिएको पनि उहाँले जानकारी दिनुभयो ।

इन्डोनेसियामा यसअघि बोर्नेओमा पनि गत नोभेम्बरमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो ।

त्यस्तै खराव मौसमका कारण इन्सोनेसियाको सुलावेसीमा गत मार्चमा भएको सेनाकै अर्को हेलिकोप्टर दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । रासस/एएफपी

LEAVE A REPLY