आन्तरिक उडानमा नयाँ भाडादर लागु हुने भएको छ

0
252

n_a_k_nepal_1

पुस ४ गतेदेखि आन्तरिक उडानमा नयाँ भाडादर लागु हुने भएको छ । निजी वायुसेवा सञ्चालक संघ (आयोन)ले पुस ४ गतेदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेअनुसार काठमाडौं–विराटनगर एकतर्फी यात्राका लागि यात्रुहरुले ७ हजार रुपैयाँ तिर्नुपर्नेछ । नयाँ भाडा दर पुरानोभन्दा २० देखि २३ प्रतिशत बृद्धि भएको छ ।

Advertisements

यसैगरी, काठमाडौ–भैरहवाको भाडादर ५ हजार ८ सय रुपैयाँ तोकिएको छ । यसअघि भैरहवाको एकतर्फी हवाई भाडा ४ हजार ८ सय ३० रुपैयाँ मात्र थियो । आन्तरिक उडानको सबैभन्दा लामो रुट धनगढीका लागि एकतर्फी भाडा १२ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी, सबैभन्दा नजिकको रुट सिमराका लागि भने २ हजार ८ सय ४५ रुपैयाँ भाडा तोकिएको छ ।
पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा गठन भएको उपसमितिले केही साताअघि २४ प्रतिशत हवाई भाडा बढाउन उपयुक्त हुने सुझाव दिएको थियो ।

LEAVE A REPLY