मध्यरातदेखि बढ्यो डिजेल,पेट्रोल र मट्टितेलको मूल्य

0
298

काठमाडौं ३ पुस। नेपाल आयल निगमले तेलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

Advertisements

Nepal-Oil-Corporation-lumbnireviewपेट्रेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा मूल्य बढाइएको निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले जानकारी दिए । ९७ रुपैयाँबाट अब पेट्रलको मूल्य बढेर १०१ रुपैयाँ ५० पैसा भएको छ ।

डिजेल र मटितेलमा लिटरको ४ रुपैयाँ ५० बढेर रुपैयाँ भएको छ । र, दुबैको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ ।

ग्यासको मूल्य भने पुरानै कायम राखिएको छ । हाल ग्यास एक सिलिन्डरको १३ सय २५ रुपैयाँ थियो ।

भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार आयल निगमले तेलको मूल्य बढाएको हो ।

– See more at: http://www.lumbinireview.com/2016/12/18/4521#sthash.XqHAlsnJ.dpuf

LEAVE A REPLY