लघुकथा :- आश्चर्य

0
309

fb_img_1481541069703

– ईशा शाह

” मलाई त मन भित्र कताकता डर लागेको थियो । ” आवादले भन्यो ।
” तर तिमीले देखाएनौ नि ! ”
” कसरी देखाउनु दाजी ? काम गर्ने भनेका हजुर र म थियौं त्यसमा नि मैले खुट्टा कमाएँ भने भन्ने लाग्यो र …. ! धन्न मेहनत खेर गएन , तर मलाई प्रदर्शनीको आईडिया चाँही दिमागमा बिल्कुलै आएको थिएन । ”
” कसरी आओस् त ? तिमी दर्शनको विद्यार्थी पर्यौ तिमी भित्र यसखाले आइडिया नहुनु स्वभाविक हो अावाद , तर दर्शनले खान दिंदैन त्यसैले प्रविधीले दर्शनलाई आफूसँगै लिएर हिंड्न सक्यो भने मात्रै सजिलै संसार बदल्न सक्छ जस्तो कि हामीले सक्यौं । ”
” वाऊ दाजी हजुरको कुरा साँच्चै नै मनन योग्य छ । पैसा , समय र साथ नभई सफलता प्राप्त नहुने रहेछ भन्ने कुरा बल्ल थाहा भयो । ”
” गरे हुने रहेछ भन्ने कुरा देखाईयो । अब हजुरबुवालाई हेलिकप्टरमा ल्याएर एग्रो भेटको उद्घाटन गर्न लगाउने बाबाको ईच्छालाई पुरा गर्न सकियो भने जन्मेर गर्ने आधाकाम सकिन्थ्यो । ”
” त्यो नि कुन ठूलो कुरा भयो र यति धेरै त गरियो भने त्यति काम त …… ! ”
” तिमीलाई थाहा छ नि हजुरबुवाको अवस्था ? ”
” त्यसैले त डाक्टर हेलिकप्टर सबको व्यवस्था गर्नु परेको नि ! बरु जग्गा पाश गर्ने कुरा चाँही कसरी मिलाउने हो ? ”
” मिल्ला त्यो पनि ! भगवानले तँ चिता म पुर्याउँछु भन्छ रे भन्थे हो रहेछ ! ”
” हो हो , कुनै शक्ति त पक्कै छ यो संसारमा नत्र यो नियमित प्रक्रिया कसरी चल्छ ? बिस्तारै सबै प्रपंच मिल्दैछ । हाम्रो भेट पनि शायद समयले यसै कारण गरायो । ”
” कहिलेकाँही आश्चर्य लाग्छ । ”
” आश्चर्य ! किन नि ? ”
” हाम्रो भेट र हाम्रो बिचार देखेर तिमी के सोच्दा होलाऊ जस्तो लाग्छ । तिमीलाई कहिले नाईं यो नगरौं भन्ने लाग्दैन ? ”
” नचाहिने कुरा भए पो ! विदेशमा फलेको नोट टिप्न जान मननलागेको मैले केही त गर्नु पर्यो नि दाजी । ”
” मैले होईन नि हामीले भन हामीले ! ”
” हस् दाजी , हामी यँही पैसा फलाउँछौ । “

Advertisements

LEAVE A REPLY