सुनकोसीमा जिप खस्दा मृत्यु भएका ६ जनाकै सनाखत, एक बेपत्ता

0
295

सिन्धुली, ३ पुस

Advertisements

सिन्धुलीको रत्नावती गाविस–३ घाटपाखाबाट सुनकोसी नदीमा स्कार्पियो जिप खस्दा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना बेपत्ता भएको र दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिन्धुपाल्चोक फुलपिङकट्टी–६ बस्ने ५० वर्षीय साङ्दो शेर्पा, फुलपिङकट्टी– ७ निवासी ५७ वर्षीय वाले शेर्पा, सोही ठाउँका ५० वर्षीय निवुटी शेर्पा, फुलपिङकट्टी–६ निवासी सर्किनी शेर्पा र स्कार्पियो चालक लमजुङको सामीभञ्ज्याङ निवासी ४५ वर्षीय झपटबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिप सुनकोसीमा खस्दा काठमाडौं स्वयम्भू निवासी अन्दाजी ४५ वर्षीय दानेर्वे शेर्पा बेपत्ता भएका छन् ।
दुर्घटनामा परी घाइते भएका सिन्धुपाल्चोक जिल्ला फुलपिङकट्टी–५ निवासी ५० वर्षीया बालामु शेर्पा तथा काठमाडाँै महानगरपालिका स्वयम्भू निवासी टुकुली शेर्पालाई उद्धार गरी उपचारका लागि घुर्मीको जनसेवा अस्पतालमा पठाइएको छ ।
प्रहरी चौकी खाङ्साङका प्रहरी नायब निरीक्षक टेकबहादुर लामाका अनुसार पस्कार्पियोमा चालकसहित नौजना सवार थिए ।

उनीहरु दुईवटा स्कार्पियो जिप लिएर खोटाङको हलेसीमा दर्शनका लागि जाँदै थिए । त्यसमध्ये मध्यपहाडी लोकमार्गको रत्नावती गाविसमा बा १२ च ८८९७ नंको स्कार्पियो दुर्घटनामा परेको हो । जिप सडकबाट १०० मिटर तल सुनकोसीमा खसेको प्रहरीले बताएको छ ।

जिप कोसीको पानीमा डुबेकाले उद्धार गर्न समस्या भएको प्रहरीले जनाएको छ । लोकमार्ग कालोपत्र नहँुदा तीव्रगतिमा रहेको स्कार्पियोले गति नियन्त्रण गर्न नसक्दा सुनकोसीमा खसेको बताइएको छ ।

LEAVE A REPLY