बार्सिलोनाले स्पानियोललाई हरायो

0
279

barcelona-1-768x509

४ पुस, काठमाडौं । लिओनल मेस्सी प्रेरित बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा स्पानियोललाई पराजित गरेको छ ।आइतबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ४–१ गोल अन्तरले हराएको हो ।घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १८ औं मिनेटमा नै स्वरेजको गोलबाट अग्रता लिएको थियो । बाँकी गोलका लागि भने दोस्रो हाफ नै कुर्नु पर्यो ।

Advertisements

६७ औं मिनेटमा स्वरेजले नै गोल गरे भने एक मिनेटपछि नै अल्बाले गोल गरे । दुबै गोलका लागि मेस्सीले पास दिएका थिए । उनले स्पानियोलका चार डिफेण्डरलाई छल्दै उत्कृष्ट पास दिएका हुन् ।भ्रमणकारी टोली स्पानियोलका लागि लोपेज सिल्भाले ७९ औं मिनेटमा गोल गरे । तर, ९० औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ४–१ के जित दिलाएका छन् ।जितसँगै बार्सिलोना १६ खेलबाट ३४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको रियल मड्रिडको ३७ अंक छ र उसले एक खेल कम खेलेको छ ।

LEAVE A REPLY