म्यानचेष्टर सिटी दोस्रो स्थानमा उक्लियो

0
269

man-city-768x511

४ पुस, काठमाडौं । उपाधिको दाबेदार आर्सनललाई हराउँदै म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थामा उक्लिएको छ ।आइतबार राति भएको खेलमा सिटीले एक गोलले पछि परेको अवस्था उल्टाउँदै २–१ के जित निकालेको हो ।सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा आर्सनलले पाँचौ मिनेटमा नै वालकाटको गोलबाट अग्रता लिएको थियो । र, पहिलो हापमा यो अग्रता कायमै राख्यो ।र, दोस्रो हाफको सुरुमा नै सानेले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । ७१ औं मिनेटमा स्टर्लिङले गोल गरे ।पहिलो हाफमा पछि परेको सिटीमा उसका मुख्य खेलाडी एग्युरोको अभाव खड्किएको थियो । जुन, भूमिका दोस्रो हाफमा केभिन डि ब्रुयेनले निभाए । उनकै पासमा स्टर्लिङले गोल गरे ।यो जितसँगै म्यानचेष्टर सिटी १७ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । तर, लिग लिडर चेल्सीभन्दा अझै ७ अंकले पछाडि छ ।

Advertisements

LEAVE A REPLY