छबिको शिल्पासँग पुष्प खड्काको रोमान्स

0
270

shilpa-pokhrel-and-pushpa-khadka

छबिराज ओझाको नयाँ फिल्म ‘मंगलम’को कास्टिङ लाईनअप पुरा भएको छ । लिड अभिनेतामा ‘अझै पनि’बाट डेब्यू  गरेका तथा पछिल्लो फिल्म ‘दर्पण छायाँ २’ सकाएका पुष्प खड्का फाईनल भएसँगै कलाकारको टुंगो लागेको हो ।

Advertisements

पुष्पले फिल्मकी निर्मात्री समेत रहेकी शिल्पा पोखरेलसँग अन स्कृन रोमान्स गर्नेछन् । छबिले आफ्नो निकट मानिएकी शिल्पालाई यो फिल्मबाट निर्मात्रीक ट्याग समेत दिएका छन् । अर्का अभिनेता प्रथ्वीराज यसअघि नै फाईनल छन् ।

नवल नेपालको निर्देशनमा बन्ने फिल्मले पारिवारिक कथा बोल्ने बताईएको छ । माघ महिनापछि फिल्म फ्लोरमा जाने संभावित मिति तोकिएको छ ।

LEAVE A REPLY