क्लब विश्वकपको उपाधि रियललाई, रोनाल्डोको ह्याट्रिक

0
296

timthumb-php

क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि क्लब विश्वकपको उपाधि रियल मड्रिडले जितेको छ। आइतबार भएको फाइनलमा जापानी क्लब कासिम अन्टलर्सलाई ४–२ गोल अन्तरले हराउँदै रियल मड्रिडले उपाधि जितेको हो।

Advertisements

रियललको जितमा क्रिष्टियानो रोनाल्डो नायक बने। जापानको योकाहामास्थित निशान रंगशालामा भएको खेलमा रियलका कारिम बेन्जामले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। तर पहिलो हाफको अन्त्यतिर कासिम अन्टलर्सका सिबास्कीले गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफको ६० औं मिनेटमा पनि सिबास्कीले गोल गर्दै जापानीज टोलीलाई अग्रता दिलाए।

फेरि रोनोल्डोले ६० औं मिनेटमा गोल गर्दै खेल बराबरी ल्याएका थिए। निर्धारित ९० मिनेटको समयसम्म खेल बराबरी भएपछि खेलको निर्णय अतिरिक्त समयबाट भएको थियो।अतिरिक्त समयमा पाएको पेनाल्टीमार्फत रोनाल्डोले गोल गर्दै रियललाई फेरि अग्रता दिलाए। रोनाल्डोले नै पुनः १०४ औं मिनेटमा गोल गर्दै रियललाई उपाधि दिलाएका हुन्।

LEAVE A REPLY