सातौं राष्ट्रिय खेलकुद उद्घाटन राष्ट्रपतिबाट

0
283

timthumb-php

पूर्वाञ्चलमा पहिलो पल्ट आयोजना हुन लागेको सातौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट हुने विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

Advertisements

सातौं बृहत राष्ट्रिय पुस ८ गतेदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन विराटनगरस्थित सहिद रंगशालामा हुनेछ। उद्घाटनका लागि सोही दिन राष्ट्रपति भण्डारी विराटनगर आउने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले जानकारी दिए।पाँच वर्षअघि धनगढीमा छैटौं बृहत राष्ट्रिय खेलकुदको आयोजना हुँदा पूर्व राष्ट्रपति रामवरण यादवले उद्घाटन गरेका थिए।

समापनमा भने प्रधानमन्त्री दाहालको हातबाट हुनेछ। राष्ट्रिय प्रतियोगिताको समापन १५ गते धरानको एन्फा कम्प्लेक्समा हुँदैछ। राष्ट्रिय प्रतियोगितामा ३५ मध्ये ३० खेलको आयोजना हुँदैछ।

LEAVE A REPLY