नेकपा एमालेसहितका ८ दलले बलजफ्ती संशोधन प्रस्ताव अघि बढाउन खोजे सशक्त प्रतिरोध गर्ने।

0
258

uml-5850c6fdb5aba6-78416171

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका ८ दलले सत्तारुढ दलले बलजफ्ती संविधान संशोधन प्रस्ताव अघि बढाउन खोजे सशक्त प्रतिरोध गर्ने निर्णय गरेको छ ।एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सत्तारुढ दलको बैठकले संशोधन प्रस्ताव देश र जनताको हितविपरित भएको समेत ठहर गरेको छ ।बैठकपछि एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले

Advertisements

बलजफ्ती संशोधन प्रस्ताव अघि बढाइए सशक्त प्रतिरोध गर्ने ८ दलबीच समझदारी बनेको बताए ।उनले संशोधन देश र जनताको हित विपरितको रहेको ८ दलको ठहर रहेको भन्दै ५ नम्बर प्रदेशमा राष्ट्रिय झण्डा बोकेर भइरहेको आन्दोलनमा पनि सबैको ऐक्वबद्धता रहेको बैठकपछि जानकारी दिए ।बैठकले संशोधन प्रस्तावको विरोधमा पुस १७ गते ८ दलले संयुक्त आमसभा गर्ने निर्णय समेत गरेको छ ।

संसद बैठक सोमबार दिउँसो १ बजेको लागि बोलाइएको अवस्थामा आफ्नो धारणा तय गर्न प्रतिपक्षी दलको संयुक्त बैठक बसेको हो ।

बैठकमा प्रतिपक्षी दलहरु नेकपा एमाले, नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, परिवार दल , लोकतान्त्रिक जनजाती पार्टी , नेपा पार्टी र मधेस समता पार्टीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY