नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिमा ३ नयाँ सदस्य नियुक्त

0
223

पुस ४, २०७३- नेपाल  विद्युत प्राधिकरणको तीनजना सञ्चालक समिति सदस्यलाई बर्खास्तगरेसँगै सरकारले नयाँ सदस्य नियुक्त गरेको छ ।

Advertisements

रुकुम पूर्तिमकाँडा-६ का भक्तबहादुर पुन , बाजुरा मार्तडी-३ का चेतराज जोशी र सुर्खेत वीरेन्द्रनगर- ६ का उमेश प्रसाद थानीलाई सदस्यमा नियुक्त गरिएको ऊर्जामन्त्री जनार्दन शर्माका स्वकीय सचिव बसन्त शर्माले बताए ।

उर्जा मन्त्री शर्माले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गरेको भन्दै  प्राधिकरण सञ्चालक समितिका सदस्य लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई बर्खास्त गरेका थिए ।

लोडसेडिङ मुक्त बनाउने अभियान र घिसिङलाई असहयोग गरेपछि मन्त्रालयले उनीहरुलाई स्पष्टिकरण मागेको थियो, बुझाएको स्पष्टिकरण चित्त बुझ्दो नभएपछि हटाइएको जनाइएको छ ।

कान्तिपुर का अनुसार

LEAVE A REPLY