नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले फेस बूकबाट दिइन यस्तो सन्देश

0
254

sujata_koirala_nepali_congress_leader-585646128e1f75-49518479

काठमाडौंः क्यान्सरपीडित नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफू क्यान्सर मुक्त भएको बताएकी छिन् । सिंगापुरमा भएको शल्यक्रियापछि आफू क्यान्सर मुक्त भएको सुजाताले सार्वजनिक गरेकी हुन् ।

Advertisements

आफ्ना शुभेच्छुकलाई  फेस बूक मार्फत धन्यवाद दिदै सुजाताले भनेकी छिन्, ‘भगवानको आर्शीवाद र यहाँहरुको शुभेच्छाले गर्दा हाल म क्यान्सरमुक्त छु ।’ कोइरालाको सिंगापुरमा क्यान्सरको उपचार भएको हो । उनको पहिलो स्टेजको ‘ब्रेस्ट’ क्यान्सरको उपचार भइसकेको छ । उनको ‘ब्रेस्ट’मा क्यान्सर देखिएपछि सरकारले उपचारका लागि ५० लाख दिने निर्णय गरेको थियो ।

सुजाताको फेस बूकबाट जस्ताको तेस्तै सन्देश तल दिइएको छ ।

समस्त शुभ चिन्तकहरुमा जय नेपाल

पहिलो स्टेजको ब्रेस्ट क्यान्सरको उपचार क्रममा म्यासेक्टोमी पश्चात विभिन्न टेस्टहरुको क्रममा मेरो ओभरीमा पनि क्यान्सरस सिस्ट देखापरेको थियो । भर्खरै मात्र दोस्रो अपरेशनमार्फत यसको पनि सफल उपचार भएको छ ।भगवानको आशिर्वाद र यहाँहरुको शुभेच्छाले गर्दा हाल म क्यान्सरमुक्त छु र विस्तारै मेरो स्वास्थ्यमा सुधार आउँदैछ । चाँडै नै म मेरो सार्वजनिक जीवनमा फर्किनेछु ।तपाईंहरुको सदभाव तथा शुभेच्छाले मेरो स्वास्थ्य सुधारमा निक्कै मद्दत पुगेको छ । यसका लागि यहाँहरुप्रति म सदैव आभारी रहनेछु ।

जय नेपाल

LEAVE A REPLY